राजनीति
काठमाडौं । प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपाले बेल घेराउ गरेका छन् । अहिले उनीहरुले संसदीय सर्वोच्चता कायम गर भन्दै नारा लगाइरहेका छन् ।
सर्लाहीमा प्रहरीको गोली लागी २ नागरिकको हत्या भएको विषयमा छानविनका लागि संसदीय समिति गठनको माग उनीहरुले गरिरहेका छन् । सभामुखले बैठक शुरु भएको बताएलगत्तै कांग्रेस र राजपाका सांसदहरु उठेका थिए । शून्य समयको कार्यक्रम शुरु गर्न खोजे पनि प्रतिपक्षी अवरोधका कारण शुरु हुन सकेको छैन ।
प्रकाशित मिति: सोमबार, साउन १३, २०७६ १३:१६
प्रतिक्रिया दिनुहोस्