देश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वमहानिरिक्षक रमेशचन्द ठकुरीको पुनरावेदन निवेदन अस्वीकार गरिदिएको छ । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेपछि फरार रहेका ठकुरीले केही हप्ताअघि अदालतसमक्ष आत्मसमर्पण गरेका थिए ।
उनले धरौटीमा थुनाबाहिर बसेर मुद्दा लड्नका लागि भन्दै पुनरावेदन निवेदन दिए पनि अस्वीकार भएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । बिहीबार न्यायाधीश आनन्दमोहन भट्टराई, पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको इजलासले पुनरावेदन निवेदन अस्वीकार गर्ने आदेश गरेको हो ।
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६ १९:३१
प्रतिक्रिया दिनुहोस्