site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जोनसनसँग जोडिएका महत्वपूर्ण मितिहरू
Sarbottam CementSarbottam Cement

लण्डन । कन्जर्भेटिभ पार्टीका नेता बोरिस जोनसनले पार्टीको नेतृत्वका लागि भएको निर्वाचनमा मंगलबार विजय प्राप्त गरेका छन् । नेता जोनसनको जन्म सन् १९६४ जुन १९ मा अमेरिकाको न्यूयोर्क सहरमा भएको थियो । 

सन् १९८३ मा एटन कलेजमा विद्यालयस्तरको शिक्षा प्राप्त गरी अक्सफोर्ड बालिओल कलेजबाट चारबर्ष पछि स्नातक पास गरेका थिए । सन् १९८७ देखि करिब दुई बर्ष द टाइम्स पत्रिकामा काम गरेका थिए । जोनसनले सन् १९८९ देखि १९९४ सम्म टेलिग्राफको युरोपेली संघको सम्वाददाताका रूपमा काम गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले सन् १९९९ देखि २००५ सम्म द स्पेक्टेटर नामक खबर पत्रिकामा काम गर्नुभयो तर सन् २००१ मा नै उहाँ लण्डन नजिकैको हेन्ली क्षेत्रबाट संसद सदस्य बनेका थिए । उनी सन् २००५ मा उक्त क्षेत्रबाट पुनः निर्वाचित थिए ।

सन् २००८ मा विपक्षी नेता केन लिभिङ्सटनलाई पराजित गर्दै लण्डनको नगर प्रमुख (मेयर) बने । उनी सन् २०१२ मा पनि लण्डनको मेयरका रूपमा निर्वाचित भएका थिए ।

Global Ime bank

सन् २०१५ मा अक्सब्रिज र साउथ रस्लीप क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्नुभयो भने सन् २०१७ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । सन् २०१६ मा भएको ब्रेक्जिटको पक्षमा मतदान गरेका बेलायतीहरूलाई सक्रिय अभियानका साथ नेतृत्व गरेका उनले तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरूनको राजिनामा पछि भएको सरकारमा विदेशमन्त्रीको जिम्मेवारी सम्हाले । तर प्रधानमन्त्री टरिजा मेका ब्रेक्जिटसम्बन्धी रणनीतिप्रति विमति राख्दै सन् २०१८ जुलाई ९ मा राजिनामा दिए ।

उहाँले सन् २०१९ को जुलाई २३ अर्थात् मङ्गलबार प्रधानमन्त्री मेको स्थानमा पार्टी नेताको जिम्मेवारीका लागि निर्वाचित भएका छन् । उनले बुधबार महारानी एलिजावेथ द्वितीयसँगको भेटघाट र औपचारिक समारोहबीच बेलायती प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने कार्यक्रम तय भएको छ । - एजेन्सी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC