site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सन
Sarbottam CementSarbottam Cement

लण्डन । बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सन चयन भएका छन् । मंगलबार मध्यान्ह सार्वजनिक भएको मतपरिणाम अनुसार कन्जरभेटिभ पार्टीका कार्यकर्ताले जोन्सनलाई बेलायतको प्रधानमन्त्रीमा निर्वाचित गरेका हुन् । 

पूर्वविदेश मन्त्रीसमेत रहेका जोन्सनले बहालवाला विदेशमन्त्री जेरेमी हन्टलाई पराजित गरेका हुन् । औपचारिक रुपमा प्रधानमन्त्रीको घोषणा कामचलाउ प्रधानमन्त्री टेरिजा मेले पदत्याग गरेलगत्तै भोलि बुधबार हुनेछ ।

एक लाख ६० हजार सांसदले गरेको मतदानमा जोन्सनले ९२ हजार १५३ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दीले ४६ हजार ६५६ मत ल्याएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

जोन्सन प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि टेरिजा मेले बधाई दिएकी छन् । उनले ब्रेक्जिट सम्झौताका विषयमा मिलेर काम गर्न र आफ्नो पूर्ण समर्थन रहेन बताएकी छन् । 

प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि जोन्सनले आफूसँग पराजित हन्ट र बाहिरिँदै गरेकी प्रधानमन्त्री मेलाई सम्मान व्यक्त गरेका छन् । उनले हन्टलाई 'फन्ट अफ एक्सलेन्ट आइडिया' (उत्कृष्ट विचारक) भएको बताएका छन् । त्यसैगरी मेलाई यति लामो समयसम्म राष्ट्रको सेवा गरेको भन्दै सम्मान व्यक्त गरेका हुन् । 

Global Ime bank

संसद भवनबाहिर विरोध, शिक्षामन्त्रीको राजिनामा

प्रधानमन्त्रीमा जोन्सन निर्वाचित भएको भन्दै संसद भवन अगाडि विरोध प्रदर्शन गरिएको छ । उनीहरुले वेस्टमिन्सटरअघि नो टु रेसिज्म (जातियता अस्वीकार) नो टु बोरिस जोन्सन (बोरिस जोन्सन अस्वीकार) लेखिएका प्लाकार्डसहित विरोध गरिरहेका छन् ।

त्यसैगरी प्रधानमन्त्री बोरिस जोन्सन भएको भन्दै शिक्षा विभाग मन्त्रीले राजिनामा दिएकी हुन् । उनले जोन्सनको क्याबिनेटमा नबस्ने भन्दै जोहन्सनकै अघि राजिनामा बुझाएकी हुन् ।

जोहन्सन निर्वाचित हुनअघि नै  मन्त्री एन्ने मिल्टनले राजीनामा दिएकी हुन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC