site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीको अफर आएपनि लोभ गरिएन : प्रचण्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूभित्रका कमि कमजोरीलाई धोइ पखाली गरेर अघि बढ्ने बताएका छन् ।  उनले कमि कमजोरी सच्याउने संकल्प गरेर अघि बढ्ने अवस्था आएको समेत बताए ।  नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसका अवसरमा आज बिहान कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् । 

सो अवसरमा उनले जनवादी क्रान्तिलाई पूर्णता दिने र समाजवादमा जाने नै पार्टीको लक्ष्य रहेको बताउँदै पार्टी एकता भएपछि जनतामा ठूला अपेक्षा भएकोमा त्यो पूरा गर्नका लागि पार्टी अब लागिपर्ने जनाए । उनले पार्टी एकताको प्रक्रिया अब निष्कर्षमा पुगिसकेको बताउँदै केही कुरालाई औपचारिकता दिन मात्रै बाँकी रहेको तर साउनभित्रै सबै काम सक्ने जनाए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले पार्टीको स्थायी कमिटी बैठक र केन्द्रीय कमिटीको बैठक बस्ने र त्यसपछि देशव्यापी रुपमा खटिएर जनतालाई उत्साहित पार्ने समेत बताए । उनले आफू र पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालबीच शान्ति प्रक्रियाका क्रममा देखिने मात्रै होइन नदेखिने संवाद भएको उल्लेख गर्दै त्यसपछि नै शान्तिपूर्ण रुपमा प्रतिस्थापन गरिएको समेत जनाए । उनले अहिलेको अवस्था नाटकीय हिसाबले नआएको जनाउँदै कहिले कसैलाई प्रधानमन्त्रीको अफर कहिले कसैलाई प्रधानमन्त्रीको अफर आएको भएपनि लोभ नगरी पार्टी एकताको प्रक्रियामा गएको बताए ।

उनले असाधारण रुपमा पार्टी एकता भएको उल्लेख गर्दै यसको उद्देश्य पूरा गरिएमा नै पुष्पलालप्रति सच्च श्रद्धाञ्जली हुने जनाए । केही प्रतिक्रियावादी शक्तिले चुनावमा मिल्नै सक्दैनन्, पार्टी एकता हुनै सक्दैन, संविधान आउनै सक्दैन, गणतन्त्र आउनै सक्दैन भनेपनि त्यसको जवाफ दिइएको र आगामी दिनमा पनि जवाफ दिइने बताएका छन् ।

Global Ime bank

सरकारका कामलाई सुशासनमा केन्द्रित गर्ने र त्यसका लागि विकासको  मोडेल प्रस्तुत गरेर अघि बढ्ने जनाए ।  जनवादी क्रान्ति मौलिक ढंगले पूरा गरिएको जनाउँदै उनले आफूहरु पुष्पलालकै उत्तराधिकारी र सन्तती भएको बताए ।  तस्बिर: विष्णु रिजालको फेसबुकबाट  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC