site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिका पुगेर पाकिस्तानी प्रधानमन्त्री खानले भने– पाकिस्तानमा लगानी गरेर फाइदा लिनुस् 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

डन । तीन दिने भ्रमणका क्रममा अमेरिकामा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले त्यहाँका व्यापारी तथा लगानीकर्ताहरुलाई पाकिस्तानमा लगानी गरेर आर्थिक लाभ लिन आग्रह गरेका छन् । वासिङ्टनस्थित पाकिस्तान दूतावासमा आइतबार उद्योगी व्यवसायी तथा लगानीकर्ताहरुसँगको भेटमा उनले पाकिस्तानमा लगानीमा लागि आमन्त्रण गरेको पाकिस्तानी अनलाइन मिडिया डन डटकममा उल्लेख छ । 
प्रधानमन्त्री खानले डेमोक्रेटिक पार्टीका सदस्यसमेत रहेका टेक्सासस्थित पाकिस्तानी व्यवसायी ताहिर जाभेद, पाकिस्तान मूलका अमेरिकी व्यापारी जाभेद अनवर तथा अन्य लगानीकर्ताहरुसँग भेट गरेका थिए । 
पाकिस्तान सरकारको आधिकारिक ट्विटर ह्यान्डलका अनुसार पाकिस्तानले तय गरेको रणनीतिक योजना अनुसार पाकिस्तानमा लगानी गरेर आर्थिक लाभ लिन प्रधानमन्त्री खानले लगानीकर्ताहरुसँग आग्रह गरेका छन् । 
लगानीकर्ताहरुले पनि पाकिस्तानमा पछिल्लो समय सुरक्षा वातावरणमा आएको सुधारको प्रशंसा गर्दै पाकिस्तानमा लगानी गर्न इच्छुक रहेको प्रतिक्रिया दिएको पाकिस्तान सरकारको ट्विटमा उल्लेख गरिएको छ । 
तीन दिने ‘अफिसियल वर्किङ भिजिट’को पहिलो दिनदेखि नै औपचारिक भेटघाटमा व्यस्त रहेका खानले भोलि ह्वाइटहाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तीन घण्टा भेटवार्ता गर्ने जनाइएको छ । राष्ट्रपति ट्रम्पसँगको ‘वान अन वान’ मिटिङपछि ट्रम्पको टोलीसँग दिवाभोजको कार्यक्रम रहेको जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ५, २०७६  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC