काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोसाइटी अफ उक्स बूढानीलकण्ठ स्टुडेन्ट्स (सेब्स) भूकम्प पीडितका लागि आएको रकम र त्यसको खर्च विवरण बुझाउन पत्र लेखेको छ । सेब्सले भूकम्प पीडितका नाममा उठाएको रकम हिनामिना गरेको उजुरी परेपछि प्रशासनले पत्र काटेको हो ।
“संस्थाको नाममा भूकम्प पीडितका लागि कुन कुन देशहरुबाट कति रकम कुन माध्यमबाट र के प्रयोजनका लागि आएको हो ? प्राप्त रकम कहाँ कुन कुन कार्यमा के कसरी कुन निर्णय अनुसार खर्च भएको छ ?” पत्रमा भनिएको छ । विगत ५ वर्षको आय–व्ययको लेखापरीक्षण प्रतिवेदन, संस्था दर्ता प्रमाणपत्र र विधानको प्रतिलिपिसमेत संलग्न गरी पछि बुझ्दा फरक नपर्ने गरी सोको यथार्थ विवरण ७ दिनभित्र खुलाई पठाउन प्रशासनले सेब्सलाई निर्देशन दिएको छ ।सम्बन्धित समाचार
पाँच करोडले सेब्समा खैलाबैला, सदस्यले नै दिए जिल्ला प्रशासनमा उजुरी