site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अल चापो : फोर्ब्सको सूचीबाट अब आजीवन कारावासमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वाशिङटन । अमेरिकाको न्यूयोर्कस्थित एक अदालतले मेक्सिकोका  कुख्यात लागू औषध तस्कर ख्वाकिन ‘अल चापो’ गुसम्यानलाई आजीवन कारावासको सजाय सुनाएको छ । ६२ वर्षीय अल चापोलाई गएको फेब्रुअरीमा एक संघीय अदालतले एक गिरोहमार्फत ठूलो परिमाणमा लागू औषध तस्करी गराउने, अवैध रुपमा हतियार राख्ने र मनी लाउण्डरिङको विभिन्न १० आरोपमा दोषी ठहर गरेको थियो । उनलाई बुधबार न्यूयोर्कस्थित अदालतले पछिल्लो आदेश दिएको हो । 
अमेरिकाको कानुनी प्रक्रियामा आउनुअघि अल चापो मेक्सिकोमा थुनामा रहेका थिए । उनी सन् २०१५ मा जेलमा सुरुङ बनाएर भागेका थिए । यद्यपि सन् २०१६मा उनलाई गिरफ्तार गरियो र २०१७मा उनलाई अमेरिका प्रत्यर्पण गरिएको थियो । चापो एक प्रभावशाली लागू औषध तस्करी गिरोह सिनालोआ ड्रग कार्टेलका प्रमुख हुन् । सो कम्पनी अमेरिकामा लागू औषधको सबैभन्दा ठूलो सप्लायर हो ।
 मुद्धाको सुनुवाईका क्रममा कैयौं साक्षीले चापोले कसरी आफ्ना दुश्मनलाई यातना दिएको थियो भन्ने कुरा बताएका थिए ।सजाय सुनाउनु भन्दा पहिला अल चापोले आफ्नो विरुद्ध भएको मुद्धालाई पक्षपातपूर्ण बताउँदै जुरीका सदस्यहरुलाई दुव्र्यवहारको आरोप लगाएका थिए । 
चापोलाई आजीवन कारावासका अतिरिक्त अवैध हतियार राखेको आरोपमा अतिरिक्त ३० वर्षको सजाय पनि सुनाइएको छ । साथै उसलाई १२.६ अर्ब डलरको जरिवानापनि तोकिएको छ । अभियोजन पक्षका वकिलले भनेअनुसार अल चापोले अब  कोलोराडोमा एक हाइ सेक्युरिटी जेलमा सजाय काट्नेछन् ।
को हुन चापो ?
चापोको जन्म १९५७मा किसान परिवारमा भएको थियो । उनी त्यहाँ अफिम र गाँजाको खेतमा काम गर्थे र त्यहींबाट उनले लागू औषध तस्करी सिकेका थिए । सोही क्रममा  उनी द गडफादरको नामले चर्चित तथा शक्तिशाली ग्वाडालाजारा कार्टेलका प्रमुख मिगेल एंजेल फेलिक्स गैलार्डोको संगतमा पुगे । उनैसँग चापोले तस्करी सिकेका थिए । ५ फुट ६ इन्च अग्ला अल चापोलाई ‘सर्टी’ पनि भन्ने गरिन्थ्यो । उनी सन् १९८०को दशकमा उत्तर पश्चिमी मेक्सिकोमा प्रभावशाली रहेको समूह सिनालोआ कार्टेलका प्रमुख भएका थिए । सो समूह अमेरिकामा लागू औषध तस्करी गर्ने सबैभन्दा ठूलो समूह बनेको थियो र सन् २००९को फोब्र्स पत्रिकाले विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीमा ७०१ नम्बरमा उनलाई सामेल गरेको थियो । त्यतिबेला उनको कूल सम्पति करिब १ बिलियन अमेरिकी डलर  थियो । 
सिनालोआ मेक्सिकोको एक उत्तर पश्चिमी प्रान्त हो । यसमा सिनालोआ कार्टेल रहेको छ । चापोको आदेशमा यो कार्टेलले कैयौं प्रतिव्दन्दी ड्रग्स तस्करी समूहको सफाया गरेर  अमेरिकामा लागू औषध पठाउने सबैभन्दा ठूलो नेटवर्क बनेको थियो । अमेरिकी कंग्रेसमा जुलाई २०१८मा पेश गरिएको एक रिपोर्टका अनुसार सो कार्टेलले वर्षेनी ३ अर्ब डलर सम्म कमाउने गरेको थियो । रिपोर्टमा जनाइएअनुसार यो समूहको प्रभाव कमसेकम ५० देशमा रहेको छ । यद्यपि पछिल्ला वर्षमा उक्त कार्टेललाई कैयौं प्रतिव्दन्दी ग्यांङले चुनौतिपनि दिइरहेका थिए । 
(बीबीसी)


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  ०६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC