site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारतीय नक्सलवादीले प्रयोग गर्ने 'पेनगन'सहित पोखरामा एकजना पक्राउ 
Siddhartha BankSiddhartha Bank

पोखरा । आठ वर्षको अवधिमा पोखरामा दोस्रो पटक पेनगन भेटिएको छ । लागुऔषध कारोबारको अखडा मानिएको पोखरामा असार २९ गते भने लागुऔषधसहित हतियार बरामद गरेपछि 'पेनगन' को रहस्य खुलेको हो ।  

प्रहरीले पेनगन र लागुऔषधसहित कास्कीकोटका सागर रानाभाटलाई पोखराको मासबारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट लागुऔषधसहित एक थान 'पेनगन' र ०.२२ एमएमका सातवटा बुलेट पनि बरामद गरिएको थियो । यसअघि पनि लागूऔषध कारोबारकै मुद्दामा सजाय पाएर छुटेका रानाभाटसँग प्रहरीले १० वटा पासपोर्ट र सातवटा नागरिकता पनि बरामद गरेको छ । रानाभाटको साथबाट फेनागरगन ६० थान, ब्रुपिनर्फिन ६०, डाईजेपाम ६० र नाईट्रोसन १५ चक्की फेला परेको प्रहरीले जनाएको छ ।

Agni Group
NIC Asia

कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार पोखरामा  भने, “काठमाण्डौंपछि देशमै दोश्रोपटक पोखरामा पेन गन फेला परेको हो । पहिले हामीलाई यो ठाउँमा लागुऔषध कारोबारी भन्ने सूचना पाएपछि हामीले नेटवर्किङ, नेक्सस हेर्‍यौं । सोही आधारमा रानाभाट पहिले पनि यस्ता गतिविधीमा संलग्न रहेको पाइयो, त्यसपछि खानतलासी गर्ने क्रममा 'पेनगन' पनि भेटेका हौँ ।” 

'पेनगन' हेर्दा दैनिक प्रयोगमा आउने सामान्य पेनजस्तै आकारको देखिन्छ । फरक यति मात्रै छ कि, रिफिल हुने ठाउँमा स्प्रिङ र आउटरमा बुलेट राख्न मिल्छ । पेनको क्लिपले ट्रिगरको काम गर्छ ।

Global Ime bank

प्रहरीका अनुसार हलिउडका फिल्ममा प्रयोग हुने 'पेनगन'ले नजिकको दूरीबाट मान्छे मार्न प्रयोग गरिन्छ । एसपी कार्कि भन्छन्, “लागुऔषध कारोबारीले आफूले प्रयोग गर्न, धम्क्याउनको लागि, लागुऔषध कारोबार चलाउने उद्देशश्यका लागि प्रयोग गर्न राखेको हुनसक्छ ।”

एसपी कार्कीले ब्याकग्राउण्ड, हिस्ट्री र ट्रयाक रेकर्डका आधारमा थप अनुसन्धान गरिने बताए ।

यसअघि ०६८ साल असारमा 'पेनगन'सहित काठमाडौंबाट दुईजना युवा पक्राउ परेका थिए । संघीय राजधानी काठमाण्डौपछि पेनगन फेला परेको यो दोश्रो पटक हो । 

मुलुकमै दोश्रोपटक फेला परेको पेनगन नेपालमा नबन्‍ने र भारतीय नक्सलवादीहरुले प्रयोग गर्दै आएको प्रहरी अधिकारीले बताएका छन् । कास्की प्रहरी प्रमुख कार्की भन्छन्, “ पेनगन कहाँ ल्याइएको ठ्याक्कै यकिनै गर्न सकिँदैन, अनुसन्धान गर्दैछौँ, तर नेपालमा भने यो बन्दैन ।” 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १, २०७६  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu