site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंलाई पुनः अदालतमा उपस्थित गराउने आदेश

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रसाईंका छोरा निराजनका तर्फबाट नारद खवासले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले यस्तो आदेश दिएको हो । इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ ।

निराजनको यसअघिको रिटमा पनि प्रसाईंलाई अदालतमा उपस्थित गराउने आदेश भएको थियो । उक्त रिट सर्वोच्चले खारेज गरेपछि काठमाडौं जिल्ला अदालतले प्रसाईं साइबर अपराधमा धरौटीमा रिहा हुने थुनछेक आदेश गरेको थियो ।

तर, प्रहरीले प्रसाईंलाई संगठित अपराधमा थुनामै राखेर पुनः पक्राउ पुर्जी लिएको थियो । आफ्ना बाबुलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै मंगलबार (हिजो) निराजनका तर्फबाट पुनः बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराइएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro