site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुर्घटनामा गाउँपालिका अध्यक्ष घाइते
Sarbottam CementSarbottam Cement

धादिङ । धादिङबेंसी घरबाट सिद्दलेक गाउँपालिका कार्यालयतर्फ जाँदै गरेका सोही गाउँपालिका अध्यक्ष ६२ वर्षीय प्रेमनाथ सिलवाललाई बोलेरो गाडीले ठक्कर दिँदा उनी घाइते भएका छन् । 

धादिङबेंसीतर्फ जाँदै गरेको बा१४च १६४४ नंको बोलेरो जिपले ठक्कर दिँदा बा९१प ३६३९ नंको मोटरसाइकल चालक २३ वर्षीय धर्मराज सिलवाल र अध्यक्ष सिलवाल घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

बोलेरो जिपले उछिन्न खोज्दा मोटरसाइकललाई ठक्कर दिएको ठक्कर दिएपछि पनि बोलेरोले मोटरसाइकललाई धेरै परसम्म तानेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त दुर्घटनापछि पनि उक्त जीप नरोकिकन अगाडि बढाएको घटनास्थलमा उद्धारमा संलग्न जीवन सिलवालले बताए । मोटसाइकलमा सवार भएका व्यक्तिले गाडीले ठक्कर दिएपछि अर्कोपट्टि लडेका कारण आफूहरु बाँच्न सफल भएको बताए । 

घाइते अध्यक्ष सिलवाललाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टरमा पठाइएको छ । दुर्घटनापछि ठक्कर दिने गाडी र चालकलाई प्रहरीले हिरासतमा लिएको छ । 
रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC