राजनीति
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले नेपालको मिडिया क्षेत्रमा साम्यवाद आएको टिप्पणी गरेका छन् । क्लिन फिडमा समर्थन पाएपछि उत्साहित देखिएका मन्त्री बास्कोटाले टेलिभिजनमा क्लिन फिड, समानुपातिक विज्ञान पनि लागु गराएरै छाड्ने दाबी गरे । आज मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भने, “नेपाली मिडियामा साम्यवाद आयो, आयो !”
उनले क्लिन फिडले विज्ञापन क्षेत्रमा नेपाली बजार विस्तार भएको र स्वदेशी विज्ञापन उत्पादकले काम पाउने तर्क गरे । त्यस्तै सरकारको पछिल्लो नीतिले बहुराष्ट्रिय कम्पनीले नेपालमै विज्ञापन उत्पादन गर्नेसमेत उनले दाबी गरे ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६ १६:५४
प्रतिक्रिया दिनुहोस्