site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
खुला चीनपछि खुल्दैछ तिब्बत
Sarbottam CementSarbottam Cement

ल्हासा । सन् १९७८ तिर देङ सियाओ पिङले खुला चीन नीति अख्तियार गरेका थिए । यो नीतिले चीनलाई बाह्य संसारसँग खुला गर्‍यो । खासगरी चीनमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई गरिएको आह्वान थियो त्यो । 

त्यस बमोजिम विदेशी लगानीकर्ताहरु पनि आए । चीन औद्योगिक राष्ट्रका रुपमा दू्रत गतिमा अघि बढ्यो । उनको आर्थिक नीति सफल भयो । त्यही नीतिले चीनलाई आजको यो रुपमा ल्यायो । चीन अहिले अमेरिकापछिको विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । चीन र विश्वका अर्थशास्त्रीहरु भन्छन् - “वर्तमान चीन निर्माणको भित्री साँचो यही खुला नीति हो ।” माओको सांस्कृतिक क्रान्तिजस्तै देङ सियाओ पिङलाई चिनियाँहरु आर्थिक क्रान्तिका अगुवा मान्छन् ।

विगतका केही वर्षयतादेखि तिब्बतमा पनि खुला तिब्बत अवधारणामा बहस थालिएको छ तर, त्यो खुला चीन नीतिभन्दा भने फरक छ । तिब्बत विकासका लागि चीनले विदेशी लगानीकर्तालाई खुला गर्न अहिले त्यति जरुरी छैन, किनकि यहाँ केन्द्र सरकारकै अथवा चीनकै लगानी चाहिए जति छ । त्यसैले यो खुला नीति बाहिरी संसार र विशेष गरी पश्चिमा राष्ट्रहरुका लागि लक्ष्यित रहेको चिनियाँ अधिकारीहरु बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तिब्बत के थियो र अहिले के छ भन्ने कुरा चीन देखाउन चाहन्छ । त्यस समय लगानीकर्ताहरुलाई आह्वान गरेको चीन अहिले भने चीन विकासको ‘तिब्बत नमूना’ संसारलाई देखाउन चाहन्छ । तिब्बत, जुन पश्चिमा विश्वले सोचिरहेको छ, त्यो होइन भन्ने कुरा तिब्बतमै पुगेर हेरोस् भन्ने ऊ चाहन्छ । त्यसैले विश्वका कैयौँ देशका नीति निर्माता, प्राध्यापक, पत्रकार, लेखक, राजनीतिक दलका नेता, वैज्ञानिक र सामाजिक जीवनका विशिष्ट व्यक्तित्वहरु बोलाएर तिब्बत विकास र तिब्बतको खुलापनका विषयमा चीनले वर्षेनी अध्ययन भ्रमण र सम्मेलन गर्ने गरेको छ । 

गत हप्ता ल्हासामा सम्पन्न तिब्बत विकास मञ्च  सम्मेलनमा संयुक्त राज्य अमेरिकाको तर्फबाट सहभागी फुदान विश्वविद्यालयका प्राध्यापक सेंघाई लि तिब्बतको परम्परा र संस्कृति धेरै धनी छ, यसबाट कुनै देश या क्षेत्रभन्दा पनि संसार नै लाभान्वित हुन सक्ने बताउछन् । 

Global Ime bank

अहिलेको तिब्बतमा चीन विकासको खास नमूना देख्न सकिन्छ, त्यसैले खुला तिब्बतको चिनियाँ बहस सार्थक रहेको उनी ठान्छन् । संस्कृत लगायतका विश्वका पुराना भाषाहरुको अध्ययन गरिरहनुभएका लिले तिब्बतमा चीन सरकारले तिब्बती भाषा र संस्कृतिको संरक्षणमा गरेका कामको सराहना गरे । 

तिब्बतको इतिहास पढेर र तिब्बतको पुरानो अवधारणामै रहेर अहिलेको तिब्बतको वास्तविकता बुझ्न नसकिने चीनमा रहेर प्राध्यापन गरिरहनुभएका नेपाली प्राध्यापक डा.राजिवकुमार झा बताउछन् । उनी भन्‍छन् – “तिब्बत पश्चिमा संसारले हिजो गरेको कल्पनाजस्तो अहिले छैन । यसलाई बुझ्न हिजोको मानसिकताले काम पनि गर्दैन, स्थलगत अध्ययन नै गर्नुपर्छ ।” 

तिब्बतको विकास नेपालका लागि पनि खुशीको कुरा हो भन्ने उनको मान्यता छ । चिनियाँ शहरहरुमध्ये तिब्बत नेपालसँग भौगोलिक, धार्मिक र सांस्कृतिक हिसाबले पनि धेरै नजिक रहेकाले तिब्बतको विकासले नेपाललाई फाइदा पुग्ने उनीको तर्क छ । सो सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले नेपाल ‘एक चीन नीति’मा स्पष्ट रहेको र पछिल्लो समयमा नेपाल र चीन सम्बन्ध निकै राम्रो रहेको प्रसङ्ग उल्लेख गरे । समृद्ध छिमेकीबाट लाभान्वित हुन नेपालले पनि सिक्नु पर्ने र त्यसलाई अनुसरण गर्न सक्नुपर्ने धारणा उनले राखे ।   

सन् १९५९ अघि तिब्बतमा सामन्ती र अझ विशेषगरी भू-दास प्रथा थियो । अत्यन्तै सीमित मानिससँग जमीनको स्वामित्व थियो । राज्यको स्रोत सीमित मानिसको हातमा थियो  तर, सन् १९५९ को प्रजातान्त्रिक सुधारपछि भने तिनै व्यक्ति जमीनका मालिक भए । 

शिक्षामा सर्वसाधारण नागरिकको पहूँच थिएन । कम्तीमा ९५ प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित थिए । त्यहाँका जमिन्दार तथा सम्भ्रान्त वर्गमा पर्ने पाँच प्रतिशत बालबालिकालाई मात्र शिक्षाको अवसर थियो । तर अहिले आमूल परिवर्तन आएको छ । गत वर्षको एक तथ्यांक भन्छ - यहाँका बालबालिकामा विद्यालय भर्ना दर ९९.५ प्रतिशत छ । यो प्राथमिक तहको शिक्षामा हो । 

त्यस समयको सबै शिक्षा प्रणालीलाई भत्काएर नागरिकका लागि आवश्यक शिक्षालाई सहज र पहूँचयोग्य बनाइएको छ । विद्यालयसम्मको शिक्षा लगभग निःशुल्क छ । चिनियाँ र अङ्ग्रेजीका अतिरिक्त तिब्बती भाषामा पनि यहाँ शिक्षा दिइन्छ । यसमा पनि तिब्बती भाषाको संरक्षण र सम्बद्र्धनमा उनीहरुको विशेष जोड देखिन्छ । 
 
त्यसैगरी, आजभन्दा ६० वर्षअघि यहाँको बालमृत्यु दर प्रतिहजार कम्तीमा पनि ५० जना थियो । अहिले त्यो १.०२ जनामा झरेको छ । शिशु मृत्यु दर सन् १९६० को दशकमा प्रतिहजार ४३० जना थियो । त्यो घटेर सन् २०१७ मा १०.३८ जना रह्यो । त्यसैगरी, स्वास्थ्य सुविधाहरु त्यस समयको तुलनामा कम्तीमा पनि ३५ गुणाले बढेको छ । 

विकासको कुरा गर्दा सन् १९८० देखि २०१८ सम्मको अवधिमा करीब एक हजार आयोजना सञ्चालन भए । चीनको केन्द्र सरकारका यी आयोजनामा खर्बौँ चिनियाँ युआन लगानी भएको तथ्याङ्क भेटिन्छ । यहाँको कुल गार्हस्थ्य उत्पादन सन् २०१८ मा १४७.७६३ चिनियाँ युआन रहेको छ । यो सन् १९५९ को तुलनामा करीब २०० गुणा बढी हो । 

सन् २०१८ मा मात्र तिब्बतले तीन करोड भन्दा बढी पर्यटकलाई स्वागत गरेको छ । ती पर्यटक स्वदेशी र विदेशी नै हुन् । यो सङ्ख्या तिब्बतको जनसङ्ख्या भन्दा कैयौँ गुणा बढी हो । त्यो वर्ष यी पर्यटक मार्फत तिब्बतले ३४ करोड चिनियाँ युआन रकम राजश्व कमायो । 

यसरी तिब्बतको जनजीविकाको क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । उपचार प्रणाली र जनस्वास्थ्यमा नागरिकको पहूँच प्रशंसनीय छ । शिक्षा र स्वास्थ्यजस्ता नागरिकका आधारभूत वस्तुहरुको उपलब्धता सहज छ । वातावरणीय स्वच्छता कायम छ र यसको संरक्षण र सम्बद्र्धनका लागि प्रयासहरु जारी छन् । सामाजिक सुरक्षाको प्रबन्ध राम्रो छ । ठाउँ ठाउँमा सरकारले नै वृद्धाश्रमहरु स्थापना गरी नागरिकलाई सेवा दिँदै आएको छ ।

चीन सरकारले ऊर्जा, भवन निर्माण र यसका सामग्रीहरुको उत्पादन, खनिज, खाद्य प्रविधि, संस्कृति झल्किने हस्तकला, तिब्बती परम्परागत औषधोपचार, पर्यटन जस्ता २० सम्भाव्य क्षेत्रको पहिचान गरी यहाँ विकास अभियान थालेको हो । सडक, रेलमार्ग, ठूला पर्वत तथा पहाडमा सुरुङ खनेरै राजमार्ग निर्माण गरिएका छन् । आन्तरिक र बाह्य हवाई रुटहरुको स्थापना र सञ्चालन गरेर तिब्बतले उल्लेख्य उपलब्धि हासिल गरेको छ । 

औसत चार हजार मिटरभन्दा माथिको बस्ती हो तिब्बत । सूर्यको किरणबाट नजीकको बस्ती तिब्बतलाई संसारका उच्च हिमालय पर्वतको बस्ती पनि मानिन्छ । त्यसैले यसलाई संसारको छानोको उपमा पनि दिने गरिएको छ । तिब्बत हिमालय पर्वत तथा कैयौँ नदीहरुको पनि एउटा स्रोत मानिन्छ । भौतिक विकास, तिब्बती उपचार पद्धति, भाषा विकासका साथै संस्कृति र परम्पराको प्रवद्र्धनका लागि यहाँ भइआएका कार्यहरु उदाहरणीय छन् ।  - एकराज पाठक/रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC