प्योङयाङ । उत्तर कोरियाका नेता किम जङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत पत्र पाएर दंग परेका छन् । उनले अमेरिकी राष्ट्रपतिको पत्र पाएको उत्तर कोरियाको केसीएनए मिडियाले जनाएको छ । किमले सो पत्रको प्रशंसा गर्दै ‘एक्सेलेन्ट’ भनेको समाचारमा जनाइएको छ । उनले राष्ट्रपति ट्रम्पको ‘असाधारण साहस’को समेत प्रशंसा गरेका छन् ।
यो महिनाको शुरुमा ट्रम्पले उत्तर कोरियाली नेताले आफूलाई सुन्दर पत्र पठाएको जनाएका थिए । ट्रम्पको पत्र चाहिँ कहिले र कसरी किमलाई पठाइएको थियो भन्ने नखुलेको बीबीसीले जनाएको छ । ह्वाइट हाउसले यसबारेमा कुने कमेन्ट गर्न चाहेको छैन । गएको फेब्रुअरीमा दुई देशका नेताबीच भियतनाममा वार्ता असफल भएपछि अहिले सम्म अर्को चरणको वार्ता हुन सकेको छैन ।