site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोदीले नेपालीमा ट्‍विट गर्दै ओलीलाई भने - प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै प्रधानमन्त्री केपशर्मा ओलीलाई योगको विशिष्टता उजागर गरेको भन्दै धन्यवाद दिएका छन् । 

अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा प्रधानमन्त्री ओलीले गरेको ट्विटमा रिप्लाई गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालीमै लेखेका छन्, "योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु ।"

Prabhu Bank
Agni Group
NIC Asia

योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु । #YogaDay2019https://t.co/nya3OGlE2z

— Narendra Modi (@narendramodi) June 21, 2019

प्रधानमन्त्री ओलीले योग दिवसको अवसरमा ट्विट गर्दै लेखेका छन्, "विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत मन, वचन र कर्मले एकै स्थानमा स्थित रही जीवनलाई स्वस्थ्य बनाउने सफलता मिलोस्, शुभकामना ।"

Global Ime bank

विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत मन, वचन र कर्मले एकै स्थानमा स्थित रही जीवनलाई स्वस्थ्य बनाउने सफलता मिलोस्, शुभकामना ।

— KP Sharma Oli (@PM_Nepal) June 21, 2019

प्रधानमन्त्री ओलीले योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको योगाभ्यास तथा प्रवचन कार्यक्रममा सहभागी भएर योगाभ्यास गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC