site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उपत्यकाबाट सफा टेम्पो नहटाउन माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपत्यकाबाट विद्युतीय सवारी साधन सफा टेम्पो नहटाउन सरोकारवालाले माग गरेका छन् । विद्युतीय सवारी परिवहन संघका प्रतिनिधिले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखलाई भेटेर यस्तो माग राखेका हुन् ।

यातायात व्यवस्था विभाग, स्थानीय सरकार र ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट सफा टेम्पो हटाउने बताउँदै आएको छ । सरकारी निकायले उपत्यकामा सानो आकारका सार्वजनिक सवारी साधन हटाएर ठूला आकारका सार्वजनिक सवारी साधन सञ्चालनलाई प्राथमिकतामा रोखेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विद्युतीय सवारी परिवहन संघले विद्युतीय सवारी सफा टेम्पोलाई उपत्यकाबाट नहटाउन सरकारको ध्यानाकर्षण गराएको छ । उपत्यकाका तीन जिल्लामा करिब ७५० वटा सफा टेम्पो रहेको संघका अध्यक्ष उमेशराज श्रेष्ठले बताए ।

“सरकारले हालैको नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधनलाई प्राथमिकता दिइने बताइएको छ । विद्युतीय सवारी साधन सञ्चालनलाई सरकारले प्राथमिकतामा राखेको अवस्थामा मातहत निकायले सफा टेम्पो हटाउने कार्य उपयुक्त छैन,” अध्यक्ष श्रेष्ठले भने ।

Global Ime bank

विद्युतीय सवारी साधनलाई उपत्यकामा सञ्चालनका लागि कुनै अफ्ठ्यारो नपार्न संघले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख, एसएसपी वसन्तकुमार पन्तमार्फत यातायात व्यवस्था विभागसहित तालुक निकायको ध्यानाकर्षण गराएको हो ।

“ध्यानाकर्षणपछि एसएसपी पन्तले उपत्यकाबाट सफा टेम्पो हटाउन लागेको होइन, व्यवस्थित गरेर सञ्चालन गराइने जानकारी दिनुभएको छ,” अध्यक्ष श्रेष्ठले भने । उपत्यकामा ठूला आकारका सार्वजनिक सवारी साधन सञ्चालन गर्न विद्युतीय सवारी साधन चालकले कुनै विरोध नगर्ने साथै सफा टेम्पोले पनि बिना रोकटोक सञ्चालन गर्न पाउनुपर्ने बताउँदै आएका छन् ।

यातायात व्यवस्था विभागले साना सार्वजनिक सवारीले सडकमा जाम गरेको भन्दै यस्ता सवारी साधन हटाएर ठूला आकारका सवारी साधन सञ्चालन गर्ने बताएको थियो । सफा टेम्पो विद्युतबाट चल्ने भएकाले यसले वातावरण प्रदूषण नगर्ने हुँदा उपत्यकासहित देशका तराई क्षेत्रमा पनि सफा टेम्पो प्रवद्र्धन गर्नुपर्ने सरोकारवालाको माग छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC