site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
छेन्दुङ नगरले काठमाडौं महानगरलाई दियो दुईवटा ब्रुमर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चीनको छेन्दुङ नगरपालिकाले काठमाडौं महानगरपालिकालाई दुईवटा ब्रुमर उपलब्ध गराएको छ । काठमाडौं उपत्यकाका सडकको धुलो उठाएर सफा बनाउन छेन्दुङले ब्रुमर उपलब्ध गराएको हो । यसअघि महानगरसँग ५ वटा ब्रुमर छन् । 

छेङ्दुले महानगरलाई दिएका ब्रुमर युरो ५ मापदण्डका हुन् । महानगरको मेकानिकल शाखाका प्रमुख प्रमोद डंगोलका अनुसार ८.६ मिटर लम्बाइ र ३.५ मिटर चौडाइका ब्रुमरमा २ वटा इञ्जिन छन् । गाडी सञ्चालन गर्ने इञ्जिनको क्षमता १५५ किलोवाट छ भने ब्रुमर चलाउने इञ्जिनको क्षमता ११८ किलोवाट छ । १५.८ टन तौल भएका ब्रुमर डिजेलले चल्छन् । धुलो र पात पतिंगर संकलन गर्न प्रयोग गर्न सकिने हरेक ब्रुमरमा ७ घनमिटर धुलो संकलन गर्ने र ९ घनमिटर पानी बोक्ने क्षमता छ । 

सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिङ्गर तान्छ । ९८ किलोमिटर प्रतिघण्टा गति भएको यसले सडकको अवस्था हेरी प्रतिघण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्छ । भन्सारबाहेक यी २ वटा ब्रुमरको मूल्य २ करोड २७ लाख ३७२ रुपैयाँ हो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १, २०७६  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC