site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘भारत’लाई बुधबार रिलिज गर्न दिइएको ‘स्टे अर्डर’ खारेज, कानुन बनाएरै अगाडि बढ्छुः बोर्ड अध्यक्ष
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलिउड मुभी ‘भारत’लाई बुधबार रिलिज गर्न दिएको ‘स्टे अर्डर’ अदालतले खारेज गरिदिएको छ । जेठ २० अदालतले दिएको ‘स्टे अर्डर’ शुक्रबार अदालतले खारेज गरिदिएको हो । 

चलचित्र विकास बोर्डले शुक्रबार अगाडि कुनै पनि भाषाका विदेशी चलचित्र रिलिज हुन नदिने अडान लिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । वितरक कम्पनीले दायर गरेको मुद्दामा अदालतले स्वतन्त्र व्यवसायमा हस्तक्षेप नगर्न बोर्डलाई ‘स्टे अर्डर’ दिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

अदालतको ‘स्टे अर्डर’सँगै सलमान खान स्टारर चलचित्र ‘भारत’ इदको अवसर पारेर भारतमा रिलिज भएकै दिन नेपालमा पनि रिलिज भएको थियो । 

विकास बोर्डले अदालतलाई स्पष्टिकरण पठाएपछि अदालतले स्टे अर्डर खारेज गरेको हो । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले भने, “मैले त्यही दिन भनेको थिएँ । हाम्रो स्पष्किरण पछि फैसला हाम्रो पक्षमा आउँछ । मैले भनेजस्तै भयो । ‘भारत’ त बुधबार रिलिज भयो । अब आउँदा दिनमा भने यो अवस्था रहँदैन ।” 

Global Ime bank

अध्यक्ष भट्टराई जुनसुकै चलचित्र भएपनि शुक्रबार मात्रै रिलिज गर्नुपर्ने अडान राख्दै आएका छन् । “चलचित्रकर्मी र हल सञ्चालक पनि मैले पीडित भएको पाएको छु । साथीहरु कुन कानुनले रोक्न मिल्छ भन्ने प्रश्न गर्दै आउनु भएको छ,” भट्टराईले बाह्रखरीसँग भने, “अब कानुन बनाएर अगाडि बढ्छु । आउँदो आर्थिक वर्षबाट सबै पक्षलाई व्यबस्थित गर्दै जाने हो ।”  

नेपाली चलचित्रको व्यापारमा असर गर्ने भन्दै भट्टराईले शुक्रबार अगाडि विदेशी भाषाका चलचित्र रिलिज नगर्ने अडान राखेका थिए । सोही कारण त्यसअघि बलिउड मुभी कलंक नेपालमा रिलिज हुन सकेको थिएन । 

‘भारत’ बुधबार नै रिलिज गर्न अदालतको आदेश, कानुनी परामर्श लिएर अगाडि बढ्छौं : बोर्ड

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC