site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
 ‘भारत’ बुधबार नै रिलिज गर्न अदालतको आदेश, कानुनी परामर्श लिएर अगाडि बढ्छौं : बोर्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलिउड मुभी ‘भारत’लाई बुधबार नै रिलिज गर्न अदालतले आदेश दिएको छ । चलचित्र विकास बोर्डले शुक्रबार अगाडि कुनै पनि चलचित्र रिलिज हुन नदिने अडान लिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

मुद्दाको फैसला गर्दै अदालतले स्वतन्त्र व्यवसायमा हस्तक्षेप नगर्न बोर्डलाई आदेश दिएको छ । चलचित्र वितरक कम्पनी ब्याङ्टस इन्टरटेनमेन्टले मुद्दा दायर गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

सलमान खान स्टारर चलचित्र भारत इदको अवसर पारेर भारतमा रिलिज हुँदैछ । भारतमा रिलिज भएकै दिन नेपालमा पनि भारतीय चलचित्र रिलिज हुँदै आएकामा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले शुक्रबार मात्रै रिलिज गर्नुपर्ने अडान राख्दै आएका थिए । 

नेपाली चलचित्रको व्यापारमा असर गर्ने भन्दै उनले शुक्रबार अगाडि विदेशी भाषाका चलचित्र रिलिज नगर्ने अडान राखेका थिए । सोही कारण यसअघि बलिउड मुभी कलंक नेपालमा रिलिज हुन सकेको थिएन । 

Global Ime bank

यता, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले अदालतको आदेश शिरोधार्य भएको बताए । यद्यिप मुद्दा दयार गर्नेले अदालतलाई नै ढाँटेको हुनसक्ने उनले आशंका गरे । “मलाई भर्खरै ई-मेल आएको छ । यो ईमेल पढ्दा उहाँहरु (मुद्दा दायर गर्ने पक्ष)ले अदालतलाई ढाँटेजस्तो देखिन्छ,” अध्यक्ष भट्टराईले बाह्रखरीसँग भने, “उहाँहरुले सेन्सर नगरिदिएको भन्नुभएको छ । उहाँहरु सेन्सरको प्रोसेसमै जानु भएको छैन । भर्खर विदेशी मुद्रा सटहीको प्रोसेसमा हुनुहन्छ ।” 

उनले कानुनी परामर्श लिएर आफू अघि बड्ने बताए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय