site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पुस्तक वार्ता : अचेल नियात्रामा तथ्यभन्दा विवरण बढी छन्
Siddhartha BankSiddhartha Bank

छविरमण सिलवाल  


(लेखक छविरमण सिलवालले साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन् । मूलतः कविता लेखन र पुस्तक समीक्षामा क्रियाशील रहँदै आएका सिलवालको नियात्रा कृति ‘ग्रीनवीचको साँझ’ केही महिनाअघि सार्वजनिक भएको छ । एकहप्ते बेलायत यात्रामा जाँदाका अनुभूति उक्त नियात्रा कृतिमा प्रस्तुत गरेका छन्, उनले । प्रस्तुत छ कृतिको सेरोफेरोमा रहेर सिलवालसँग ‘बाह्रखरी’ले गरेको संक्षिप्त कुराकानी)

तपाईं शुरुमा कविता, समीक्षा र बालसाहित्य लेख्नुहुन्थ्यो । अहिले ‘ग्रीनविचको साँझ’ नामक नियात्रा कृति ल्याउनुभएको छ । बेलायत भ्रमण गएका बेला नै नियात्रा लेख्छु भनेर सोच्नुभयो या पहिलै तयारी थियो ?

Prabhu Bank
Agni Group
NIC Asia

पहिला पनि लेख्थें । पहिले पनि युरोपतिर जाँदा केही लेखेको हुँ । चाइना, इन्डियालगायत देश घुमेर त्यहाँका बारेमा पनि लेखिरहेकै थिएँ । तर, किताबको रूपमा चाहिँ मैले बेलायतको नियात्रा मात्र लेखेको हुँ ।

बेलायतको नियात्रा लेख्न तपाईंलाई विशेष केले प्रभाव पार्‍यो ?

Global Ime bank

त्यहाँ केही रमाइला पक्षहरू छन् । युरोप पनि रमाइलै छ । तर, बेलायतमा चाहिँ साथीहरूले पलि घच्घच्याए लेख्नैपर्छ भनेर ।

भनेपछि त्यहाँ नेपाली साहित्य पढ्ने, लेख्ने सर्कल राम्रै रहेछ !

अवश्य पनि हो । मलाई जसले बेलायत बोलाउनुभयो, उहाँहरू पनि मेरा साहित्यिक मित्रहरू नै हुनुन्थ्यो । कृष्ण बजगाईं, विजय सापकोटाजस्ता नेपाली साहित्यलाई माया गर्ने साथीहरू त्यहाँ हुनुहुन्छ । उहाँहरूले पनि मलाई ‘एउटा बेलायतको किताब त लेख्नुहोस् न’ भनेर झट्का लगाउनुभएको हो । त्योभन्दा अघि फुटकर रूपमा मात्रै लेखिरहेको थिएँ ।

जम्मा सात दिनको भ्रमणमा भोगेका कुराहरू किताबमा लेख्नुभएको छ । भ्रमणका क्रममा देखेका कुरा सम्झिएर लेख्न कत्तिको गाह्रो वा सजिलो भयो ?

खासै म त्यस्तो लेख्छु भनेर डायरी नै त बोकेर हिँड्दिनँ । म जहाँ गए पनि फोटो खिच्छु । र, पछि त्यही फोटोलाई हेरेर विषयवस्तु सम्झिँदै लेख्छु । नियात्रा लेख्दाको अलिकति गाह्रो विषयचाहिँ के हुन्छ भने– बेलायतमा कमाउन भनेर नेपालीहरू धेरै जानुभएको छ । त्यहाँको विषमा तथ्यहरू अलिकति तलमाथि प¥यो भने उहाँहरूले औंला ठड्याउन सक्नुहुन्छ । त्यसैले गुगल सर्च गरेर र इन्टरनेटको आवश्यक प्रयोग गरेर अनि त्यहाँका साथीभाइसँग थप कुराकानी गरेर यो तथ्य हो कि होइन भनेर लेखेको छु । हामी एलिजावेथको दरबार गयौं तर त्यसको विषेशता के–के हो भन्ने ऐतिहासिक कुरा खोज्न त छोटो भ्रमणले पुग्दैन । त्यसैले फोटो, इन्टरनेट र साथीभाइलाई धेरैपटक सोधेर पुष्टि गरी लेखेको छु ।

नियात्रा लेख्न सात दिनको भ्रमणले सम्भव हुन्छ ?

नियात्रालाई पूरै आफ्नो बनाएर लेख्ने कुरो भएन । नियात्रा भनेको त्यहाँ देखिएका, आफूले भोगेका कुराहरुलाई लिपिवद्ध गर्ने हो । त्यो कसरी गर्ने भन्ने कुरामात्र हुन्छ । ती विषयवस्तुलाई कसरी प्रस्तुत गर्ने भन्ने महत्वपूर्ण सवाल हो । हामीले कस्तो देख्यौं भनी प्रस्तुत गरेर मात्रै पुग्दैन । त्यसको दाँजोमा हाम्रो देशले के गरिरहेको छ भनेर तुलनात्मक रूपमा लेख्न विचार गर्नुपर्छ । संस्मरणभन्दा अलि फरक हुन्छ नियात्रा ।

मलाई नियात्रा विधा मन पर्छ । मैले धेरै लेखकका नियात्रा पढेको छु । कुनै ठाउँ नगई त्यहाँ पुगेको आभास दिलाउनु नै नियात्राको विशेषता हो । लेख्नुभन्दा अगाडि पनि म पढ्छु । नियात्रामा सही सत्यता भएन भने नियात्रा हुँदैन ।

घुम्नचाहिँ सात दिन घुमें तर किताब लेख्न ६ महिना लाग्यो । अरूले लेखेभन्दा नयाँ कुरा दिन, तथ्यहरू स्पष्ट राख्न र पाठकका लागि सरल बनाउन समय लाग्यो । मैले यसमा कुनै खानपिनका कुरा गरेको छैन । ड्रिंक्स गरेको कुरा छैन । त्यहाँ भएका अन्य तथ्यपरक कुराहरू किताबमा समेटेको छु । 

नेपालसँग एकदम राम्रो सम्बन्ध भएको देश आज कहाँ छ, हामी कहाँ छौं । यस्ता कुराहरूको तुलनात्मक तथ्य पनि मैले लेखेको छु । बेलायतले गरेका आविष्कारहरू पनि खोजेर किताबमा समेटेको छु ।

कविता, बालसाहित्य लेखन र कृति समीक्षा पनि गर्नुहुन्छ । लेखनका हिसाबले यीभन्दा नियात्रा कत्तिको फरक छ ?

कविता लेख्दा त्यही किसिमका भाव प्रस्तुत गर्न सकिन्छ । नियात्रा लेख्दा त्यही प्रकारको तथ्यगत अवस्थामा पुगिन्छ । नियात्रामा चाहिँ हामीले देखेका कुरालाई कसरी सरल र सबैले बुझ्ने रूपमा प्रस्तुत गर्ने भन्ने पनि सोचिन्छ । नियात्रा लेख्दा तथ्यलाई बढी ध्यान दिनुपर्छ । लेख्दै जाँदा कतै त्यो मिलेन कि भन्ने चाहिँ भइरहन्छ । नियात्रा अलिकति जटिल विधा नै हो ।

अचेलका धेरै नियात्रा तथ्यपरकभन्दा पनि विवरणात्मक हुन्छ भन्ने टिप्पणी सुनिन्छ । तपाईंलाई के लाग्छ ?

धेरै जनाको नियात्रा पढ्दा मैले पनि त्यही पाइरहेको छु । म यहाँ गएँ यसो गरें जस्ता कुरा धेरै आइरहेका छन् । छोरीज्वाइँ भेटेका कुरा पनि नियात्रामा आइरहेका हुन्छन् । विवरणहरू धेरै आइरहेका छन्, तथ्यगत भन्दा पनि । सम्बन्धित ठाउँको तथ्यपरक र त्यहाँको विकासमा यहाँको तुलना गरिएका नियात्रा कम आइरहेका छन् ।

अर्को कुनै किताब लेख्ने तयारीमा हुनुहुन्छ ?

लन्डन, युरोपतिरको नियात्राकै अर्को किताब तयारी पनि गरिरहेको छु । नेपाल, चीन र अरू देशको नियात्रा पनि त्यसमा समेट्छु होला । यो किताबमा नआएका बाँकी कुरा त्यसमा आउनेछन् । लन्डनको पनि लेख्न बाँकी नियात्राहरू छन् र चीनका पनि । तिनलाई म आउँदो किताबमा समेट्छु । भारतमा म करिब २ सय पटक गएँ होला तर भारतका बारेमा मैले एउटा पनि लेख्न सकेको छैन । भारतको नियात्रालाई पनि अब किताबमा समेट्छु । त्यसको तयारी गरिरहेको छु ।

अहिले तपाईं, प्रोल्लास सिन्धुलीय, मणि लोहनी, ठाकुर बेलबासेलगायत कविहरू मिलेर ‘सात कवि’ नामक एउटा अभियान शुरु गर्नुभएको छ । यो खासमा के हो ?

हामी सातजना कवि भएर हाम्रा कवितामाथि बहस गर्ने एउटा समूह बनाएका हौं । त्यहाँ सबै स्थापित कविहरू हुनुहुन्छ । ०५० सालदेखि नै एक–आपसमा जोडिएका कविहरू ‘सात कवि’मा छौं ।

जुनबेला हामी संघर्षका दिनमा थियौं, साहित्यमा केही गरौं भन्दै थियौं, त्यही समयदेखिका साथी हौं । हामी कुनै वाद वा सिद्धान्तमा बाँधिएका होइनौं । नेपालमै केही गर्दै छौं । विस्थापित भएर विदेश गएका छैनौं । यस्तै हामी सात कविको समूह हो ‘सात कवि’ । नेपालमै छौं, नेपालमै बसौं, नेपालमै गरौं भन्ने हाम्रो उद्देश्य हो । कविता लेखौं र कवितामा बहस गरौं भन्ने उद्देश्य हो ।

सात कविका कविता कृतिहरू निकाल्ने सोच पनि छ ?

‘शाल्माली’ पत्रिकाले केही हप्ताअघि एउटा विशेषांक नै निकालेको छ । ‘जनमत’ले पनि चाँडै निकाल्छ । पनौतीको ‘अक्षरमार्ग’ले पनि हामीसँग केही कविता मागेको छ, चाँडै प्रकाशित हुन्छ । अरू–अरू साहित्यिक पत्रिकाले पनि हाम्रा कविता मागिरहेका छन् । विभिन्न कारणले पठाउन सकिरहेका छैनौं । यसका साथै हामी हाम्रा कविताको संग्रह निकाल्ने विचारमा पनि छौं ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement