site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सामाजिक सुरक्षाको कार्यान्वयनबारे जानकारी माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयनको अवस्थाका बारेमा जानकारी माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयनको अवस्थाका बारेमा सरकारसँग जानकारी मागेकी हुन् ।  

‘‘योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयनको अवस्था के छ ? कार्यान्वयनको क्रममा रहेका सामाजिक सुरक्षा योजनाका लागि रोजगारदाता सूचीकरण र श्रमिकहरुको सूचीकरण एक प्रतिशत पनि हुन सकिरहेको छैन,’’ उनले भनिन्, ‘‘यो अवस्थामा श्रमिकहरुले विगतमा पाइरहेको सुरक्षा योजना पनि नपाउने र नयाँ योजनामा पनि जाने नसक्ने अवस्थाले थप जटिलता सृजना भएको छ । यस विषयमा सरकारको ठोस कार्यक्रम खोइ ?’’

Prabhu Bank
Agni Group
NIC Asia

सांसद संग्रौलाले सुरक्षा योजनाले केवल संगठित योजनालाई समेटे पनि सुरक्षा योजनाको छाताभित्र नरहेका अनौपचारिक क्षेत्रका श्रमिकहरुका लागि सरकार के गर्दैछ भनेर पनि प्रश्न गरिन् । वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा सर्वोच्च अदालतले श्रमिकको कार्यस्थलबाट मतदान गर्न पाउनु पर्दछ भन्ने विषयप्रति सरकार मौन बसेको प्रति उनले आपत्ति जनाइन् । 

संग्रौलाले सरकारले लागू गरेको न्यूनतम ज्याला निजी क्षेत्रका विद्यालय, नर्सिङहोम लगायत थुप्रै कलकारखाना र उद्योगहरुमा लागू नभएको अवस्था रहेको भन्दै  कार्यान्वयनको लागि सरकारले गरिरहेको अनुगमनका बारेमा पनि प्रश्न उठाएकी छिन् । 
 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC