राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पनि केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउन सकेन । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कार्यविभाजनका विषयमा छलफल भए पनि टुंगो लगाउन नसकेको नेता झलनाथ खनालले जानकारी दिए । उनका अनुसार भोलि बुधबार १२ बजे बस्ने बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने तयारी छ ।
७७ वटै जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउने विषयमा छलफल भएको नेता खनालले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६ १७:१४
प्रतिक्रिया दिनुहोस्