site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । सरकारले ऊर्जा संकट समधान गर्न जलविद्युत् आयोजनालाई अनुदान दिने प्रतिवद्धता पुरा गरेको छैन् । 
सरकारले आर्थिक वर्ष ०७१/०७२ वजेटमा आर्थिक वर्ष ०८९÷०८० सम्म निर्माण हुने सबै जलविद्युत् आयोजनालाई प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । यसपछिको वजेटमा यसलाई निरन्तरता दिइएको छ । यो घोषणासंगै सानिमा माई हाइड्रोपावर लिमिटेडले निर्माण गरेको २२ मेगावाटको माई र ७ मेगावाटको माइक्याकेड आयोजना लगायत आधा दर्जन जलविद्युत् आयोजनाले अनुदान पाउनुपर्ने थियो । ऊर्जा मन्त्रालयले अनुदान दिनका लागि कार्यविधि तयार गरेको १ वर्ष भन्दा बढी बितिसकेको छ । तर अर्थ मन्त्रालयले वजेट विनियोजन नगर्दा आयोजना सम्पन्न गर्ने प्रवद्र्धकले अनुदान पाएका छैनन् । व्यवस्थापिका संसद र मन्त्रिपरिषदबाट अनुदान दिने प्रस्ताव पारित भइसकेका छन् ।  
सरकारले वजेटमा व्यवस्था गरे अनुसार ऊर्जा मन्त्रालयले अनुदान सम्बन्धित कार्यविधि तयार गरी ०७२ असार १० गते स्वीकृत गरेको थियो । सरकारले आव ०७१/०७२ वजेटमा उज्यालो नेपाल समृद्ध नेपाल शिर्षक अन्र्तगत बुँदा नं. ६१ मा आर्थिक वर्ष ०७९/÷०८० सम्म विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणलाइनमा जोड्ने आयोजनालाई प्रतिमेगावट एक मुष्ठ अनुदान दिने व्यवस्था कार्यविधिमा गरेको छ । ऊर्जाले कार्यविधि तयार गरेपनि अर्थ मन्त्रालयले वजेटको व्यवस्था गरेको छैन् । सरकारले गत फागुन ६ गते सार्वजनी गरेको ल्याएको ऊर्जा संकट निवार तथा विद्युत् विकास दशक कार्ययोजनामा प्रवद्र्धकलाई दिने अनुदान समय थप गरी आर्थिक वर्ष ०८२/०८३ सम्म पुर्याएको छ ।  
प्रत्येक वजेटमा अनुदान दिने भन्ने तर वजेट विनियोजन नगर्दा समस्या भएको ऊर्जा सचिव सुमनप्रसाद शर्मा बताउँछन् । “वजेटमा भएको व्यवस्था अनुसार हामीले १ वर्ष अघि नै अनुदान कार्यविधि तयार गरिसकेका छौ,”उनले भने “वजेट नै विनियोजन नभएपछि कार्यविधिको के अर्थ ? प्रवद्र्धकले अनुदान रकम नदिएपछि सरकारको विश्वसनियतामा शंका उत्पन्न गराएको छ ।”  प्रत्येक वर्षको वजेटमा कार्यक्रम आउने तर अर्थले वजेट नदिने प्रवृतिले निर्माण सम्पन्न भइसकेका आयोजनालाई अनुदान दिन नसकेको उनले स्पष्टपारे । अर्थले वजेट नदिदा समस्या परेको ऊर्जाको भनाई छ ।  
ऊर्जा उत्पादकहरु पनि सरकारले गरेको प्रतिवद्धता पुरा नभएको बताउँछन् । बाह्रखरीसँग कुरा गर्दे स्वतन्त्र ऊर्जा उत्पादक संस्थाका पूर्व अध्यक्ष डा. सुवर्णदाश श्रेष्ठ सरकारले ३ वर्ष अघि गरेको प्रतिवद्धता पुरा नगरेको बताउछन् । “सरकारलै प्रतिमेगावाट ५० लाख रुपैयाँ दिने वजेटमा घोषणा ग¥यो तर कार्यविधि बनिसक्दा पनि दिएको छैन, यसले सरकारको विश्वसनियतामाथि प्रश्न उठेको छ” उनले भने ।
कार्यविधिमा ०८० सम्म सम्पन्न हुने आयोजनालाई १० वर्ष पुरै र ५ वर्ष आधा कर छुट, र आर्थिक वर्ष ०७४÷०७५ सम्म निर्माण सम्पन्न भई विद्युत् उत्पादन गर्ने आयोजनालाई थप १० प्रतिशत सहुलियत दिने प्रस्ताव गरिएको छ ।  
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १३, २०७३  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC