site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सिजनमै कम चलचित्र फ्लोरमा, के हो कारण ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत वर्षको तुलनामा चालु वर्षमा नेपाली चलचित्र निकै कम संख्यामा बन्ने देखिएको छ । अहिलेसम्म फ्लोरमा गएका चलचित्रको संख्या हेर्दा अघिल्ला वर्षहरुको तुलनामा चलचित्र निर्माणको क्रम पातलिने सरोकारवाला निकायले अनुमान गरेका छन् । 

गत वर्ष वैशाखमा तीन दर्जन चलचित्र फ्लोरमा गएकोमा यो वर्ष सोही महिनामा एक दर्जन चलचित्रले मात्र फ्लोरमा जाने अनुमति लिएका छन् । यद्यपि यो अनुमति लिनेमा पनि आधा दर्जनमात्रै छायांकनमा रहेको चलचित्र निर्माता संघका महासचिव रोज राणा बताउँछन् । निर्माता संघमा अनुमति लिने चलचित्रमा ‘विस्तारै विस्तारै’, ‘नाईं मलाई थाहा छैन’, ‘टुना मुना’, ‘एमीबीबीएस’, ‘सम्झना बिर्सना’, ‘आदिमा’, ‘द रङ हाउस’, ‘काँचुली’, ‘सम्हाली राख है’, ‘कबड्डी–३’, ‘आप्पा’, ‘सेवक’, ‘नाटक’, ‘हिरो नम्बर एक’, ‘लक्ष्मीप्रसाद देवकोटाको मुनामदन’, ‘१२ सत्ताइस’, ‘छ माया छपक्कै’, ‘लभ हो’, ‘यो कस्तो माया’, लाहुरेको सवारी’, ‘घामड शेरे’ छन् । यस्तै ‘आमा’, ‘सांङ्लो’, ‘होस्टल ब्याक अगेन’, ‘दयारानी’ पनि यो वर्ष निर्माण हुँदैछन् । 

विकसित चलचित्र उद्योगमा करिब–करिब अप सिजन मानिने वैशाख–जेठ महिनाको मौसम नेपालमा भने चलचित्र छायांकनको मुख्य सिजन मानिन्छ । तर यो समय तीन गुणा कम संख्यामा चलचित्र फ्लोरमा छन् । चलचित्र विकास बोर्डले पनि केही चलचित्र अनुमति लिएको समयभन्दा अगाडि नै फ्लोरमा गएको तर पनि विगतका वर्षको तुलनामा यो वर्ष निकै कम संख्यामा चलचित्र फ्लोरमा रहेको स्वीकार गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“केही चलचित्र फ्लोरमा जाने भनेको समय अगाडि नै छायांकनमा गइसकेका छन्,” चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले बाह्रखरीसँग भने, “तर निश्चय नै विगतको वर्षको तुलनामा यो वर्ष निकै थोरै चलचित्र बन्ने देखिएको छ ।” अध्यक्ष भट्टराईका अनुसार गत वर्ष ९८ वटा चलचित्रले सेन्सर बोर्डबाट सेन्सर गराएका थिए । जसमध्ये ९६ वटा चलचित्र हल रिलिज भएका थिए । 

महँगो मेकिङ 
चलचित्र निर्माण महँगो हुनु नै चलचित्र कम बन्ने संकेत देखिनुको मुख्य कारण रहेको बोर्ड अध्यक्ष भट्टराईको भनाइ छ । “कलाकार, प्रविधि र प्राविधिक महँगा हुँदै गए । अहिले युट्युब च्यानल र म्युजिक भिडियोमा प्राविधिकहरु केन्द्रित भएका छन्,” भट्टराई भन्छन्, “एक दिनमा सकिने म्युजिक भिडियो र युट्युबका कन्टेन्टमा ‘ए’ ग्रेडका प्राविधिकको आकर्षण बढेको छ । दुई महिना लाग्ने चलचित्रमा काम गर्न छोडे उनीहरुले । अनि महँगो पारिश्रमिक लिन थालेका छन् ।” निरन्तर चलचित्र घाटामा जानु पनि यो वर्ष चलचित्र कम बन्ने संकेत देखिनुको मुख्य कारण रहेको उनी बताउँछन् । 

Global Ime bank

कलाकारको उच्च पारिश्रमिक र सानो बजार नै चलचित्र कम बन्नुको कारण भएको चलचित्र निर्माता संघका महासचिव रोज राणा बताउँछन् । महँगो पारिश्रमिकका कारण चलचित्र निर्माण महँगो भएको तर बजार सानो भएकाले चलचित्रले लगानी उठाउन नसक्दा निर्माताहरु चलचित्र निर्माणबाट पलायन हुने गरेको उनको भनाइ छ । 

“निर्माता रहेमात्रै कलाकार, प्राविधिक र अन्य पक्ष रहन्छन् । निर्माता नै नरहे चलचित्र कसरी बन्छ ? पहिला चलचित्र बचाउँ, अनिमात्रै चलचित्र बन्छन्,” निर्माता, निर्देशक तथा कलाकारसमेत रहेका राणा भन्छन्, “५० लाख लिने कलाकारले कति बिजनेस ग्यारेन्टी गर्छ ? ५० लाख पारिश्रमिक लिने कलाकारले बिजनेसमा ग्यारेन्टी गर्छ भने निर्माता उसलाई दिन तयार छ । हैन भने कलाकारले पारिश्रमिक बढाएको बढायै गर्ने तर निर्माता उठ्नै नसक्ने गरी डुब्ने वातावरण रोक्नुपर्छ ।”

बलिउडमा स्टारडमले थुप्रै कलाकारका चलचित्र चल्ने गरे पनि नेपालमा भने त्यस्तो अवस्था नरहेको राणा बताउँछन् । बलिउड स्टार सलमान खान, शाहरुख खान, आमिर खानहरु परसेन्टेज (चलचित्रले नाफा कमाएको अवस्थामा मात्रै स्टारडमको पैसा लिने)मा बस्ने गरेजस्तै नेपालमा पनि आफूलाई स्टार सम्झनेहरु परसेन्टेजमा बस्नुपर्ने उनी बताउँछन् । भारतमा परसेन्टेजमा बसेका कलाकारहरुले पनि चलचित्र नचलेको अवस्थामा निर्मातालाई पैसा फिर्ता गरेको नजिर पनि भुल्न नहुने राणा बताउँछन् । 

चलचित्र निर्माणका लागि नियमित निर्माता नै चाहिने उनको भनाइ छ । “जग्गा किनबेच गरेको पैसा चलचित्रमा हाले पत्रिकामा फोटो पनि आउँछ र हिरो हिरोइनसँग नजिकिन पनि पाइन्छ भन्ने व्यक्तिले एउटा चलचित्र घाटामा जाँदैमा चलचित्र बनाउँदैन,” महासचिव राणा भन्छन्, “चलचित्र बनाउन त रेगुलर मेकर चाहिन्छ । रेगुलर मेकर रहिरने वातावरण सबैले मिलेर बनाउनु पर्छ ।” 

गत वर्ष ९६ वटा चलचित्र रिलिज हुँदा आधा दर्जन चलचित्रले मात्रै लगानी उठाएका थिए । बाँकी सबै चलचित्र घाटामा गएका थिए । अधिकांश चलचित्र घाटामा गए पनि कलाकारको पारिश्रमिक भने बढेको बढ्यै छ । एउटै कलाकारले ५० लाख रुपैयाँसम्म लिने गरेको समाचार आइरहेका छन् । ५० लाख लिएको समाचारमा सत्यता नभए पनि ३० लाखसम्म भने लिने गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC