site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रहरीले ‘विप्लव’ समूहका कार्यकर्ता पक्राउ नगर्ने ! निसानामा नेतामात्रै
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सबै कार्यकर्तालाई गिर्फतार नगर्ने आन्तरिक नीति अपनाएको छ । आपराधिक क्रियाकलापमा संलग्न तथा हिंसात्मक घटनामा जोडिएकालाई पक्राउ गर्ने तर कार्यकर्ता भएकै कारण पक्राउ नगर्ने नीति प्रहरीले लिएको हो । 

तर, नेताहरु भने प्रहरीको खोजीमा हुनेछन् । प्रहरीले विप्लवसहित सो समूहका नेता–कार्यकर्ता खोज्न देशभर ‘सर्च एन्ड अरेस्ट अपरेसन’ चलाउँदै आएको छ । २८ फागुनमा सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीले सामान्य कार्यकर्तालाई पनि समात्ने र अदालतमा अभियोग प्रमाणित नहुँदा छुट्न थालेपछि प्रहरीले अभियोग नलागेका कार्यकर्ता नसमात्ने रणनीति बनाएको हो । एक उच्च प्रहरी अधिकारीले भने, ‘‘आपराधिक गतिविधि र र ध्वंसात्मक क्रियाकलापमा संलग्न नभएकालाई समात्दैनौं, तर गोप्य भेला, सभा, कार्यक्रममा सहभागी भएको पाइए समात्छौं ।’’ प्रहरी प्रधान कार्यालयले यसबारे मौखिक निर्देशन समेत दिइसकेको ती अधिकारीले बताए ।

प्रतिबन्ध पछिमात्रै देशभरबाट विप्लव समूहका ४ सय बढी नेता–कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेकामध्ये हेमन्तप्रकाश वली ‘सुदर्शन’ नै सबैभन्दा उच्च तहका नेता हुन् । प्रहरीले पक्राउ परेका विप्लव समूहका नेता–कार्यकर्तालाई राज्यद्रोह र सार्वजनिक अपराध ऐनमा मुद्दा चलाउँदै आएको छ । उच्च सुरक्षा स्रोतका अनुसार अन्य नेता–कार्यकर्ताविरुद्ध सरकार आक्रामक रुपमा प्रस्तुत भए पनि विप्लवलाई जसरी पनि समात्नु भन्ने आदेश नभएको बताइन्छ । सुरक्षा संयन्त्रले पनि सरकारलाई औपचारिक र अनौपचारिक रुपमा विप्लवको समस्यालाई पहिले राजनीतिक रुपमै हल गर्न सुझाउँदै आएका छन् ।

Global Ime bank

विप्लवविरुद्ध विभिन्न जिल्लामा मुद्दा दर्ता छन् । विप्लवलाई समात्ने रणनीति अन्तर्गत सुरक्षा संयन्त्र सुक्ष्म रुपमा नलागेपनि विप्लव कहाँ छन्, के गर्छन्, कता बस्छन्, कसकसलाई भेट्छन् भन्ने सूचना संकलन भने राज्य संयन्त्रले गर्दै आएका छन् । सुरक्षा अधिकारीहरुले विप्लव नेपालमा नभएको दाबी गर्दै आएका छन् । विप्लव समूहको गतिविधि निगरानी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले समेत गर्दै आएको छ ।

सुरक्षा निकायले विप्लवका नेता–कार्यकर्ता खोज्ने अभियान तिव्र पारेपछि शीर्ष नेता भूमिगत  भएका छन् । पार्टीले औपचारिक रुपमा भूमिगत हुने नीति अख्तियार नगरेपछि शीर्ष नेता पछिल्लो समय सम्पर्कमा आउन छाडेका छन् । सबैजसो नेता–कार्यकर्ताले यसअघि प्रयोग गर्दै आएका सिमकार्ड समेत फेरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC