site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आईपीएलको उपाधि भिडन्त आज
Sarbottam CementSarbottam Cement

एजेन्सी । १२ औं संस्करणको इन्डियन प्रिमिएर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो क्वालिफायरमा आमनेसामने भएका दुई टोली चेन्नई र मुम्बई उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । 

हैदरावादस्थित राजिव गान्धी स्टेडियममा खेल नेपाली समयअनुसार बेलुका साढे ७ बजे सुरु हुनेछ । चेन्नई क्लालिफायरमा हारेको बदलासहित उपाधि जित्ने लक्ष्यमा छ भने मुम्बई जितसहित सर्वाधिक आईपीएल जित्ने टोली बन्ने रणनीतिमा छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दुवै टोलीले अहिलेसम्म ३–३ पटक उपाधि जितेका छन् । चेन्नई गत सिजनको विजेता हो । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्समाथि ६ विकेटको जित निकाल्दै उपाधि नजिक पुगेको हो । 

लिग चरणमा शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको मुम्बईले चेन्नईमाथि जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । रोहित शर्माको कप्तानीमा रहेको मुम्बईलाई नयाँ इतिहास बनाउने अवसर पनि छ । 

Global Ime bank

भारतीय क्रिकेटमा अनुभवी खेलाडीको पहिचान बनेका यी टोलीबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । 

मुम्बईको सम्भावित प्लेइङ–११ 
डि कक, रोहित शर्मा, सूर्यकुमार यादव, इशान किसान, हार्दिक पाण्डे, क्रुनल पाण्डे, पोलार्ड, वेन कटिङ, राहुल चाहर, लासिथा मालिंगा, जसप्रित बुम्रराह

चेन्नईको सम्भावित प्लेइङ–११
सेन वाट्सन, फाफ डु प्लेसिस, विजय, सुरेश रैना, अम्वाती रायडु, महेन्द्रसिंह धोनी, बा्रभो, रबिन्द्र जडेजा, दिपक चाहर, हरभजन सिह र इमरान ताहिर

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC