site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजधानीमै घर हुने सांसदलाई पनि घरभाडा, भत्तासमेत वृद्धि
SkywellSkywell

पोखरा । गण्डकी प्रदेशमा राजधानी पोखरामै घर हुने सांसदहरुलाई पनि प्रदेश सरकारले घरभाडाबापत सुविधा दिने भएको छ । सांसदहरुको पारिश्रमिक तथा सेवाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार सांसदहरुलेप्रति महिना १५ हजार रुपैयाँ घरभाडा सुविधा लिँदै आएका छन् ।

२०७४ चैत ३० गते पारित ऐनको दफा ६ (२) मा पोखरा महानगरपालिकामा आफ्नै घर नभएमा मात्र सुविधा दिइने उल्लेख छ । उपदफा २ मा भने मर्मत र सम्भार प्रदेश सरकारले गर्ने व्यवस्था गरिएको छ । सोही उपदफाको आधारमा राजधानीमा घर हुने सांसदहरुलाई सुविधा दिन लागिएको हो ।

कास्कीमा मात्र प्रत्यक्ष ६ र समानुपातिकतर्फ ७ गरी १३ जना प्रदेशसभा सदस्यहरु छन् । राजधानीमा स्याङजा तथा मुस्ताङका सांसदहरुको समेत घर छ । प्रदेशसभा सचिवालयकाअनुसार यसअघि राजधानीमा घर हुने १३ जना सांसदहरुले यो सुविधा लिएका थिएनन् । तर, मन्त्रिपरिषदको आइतबारको निर्णयानुसार राजधानीमा घर हुने सबै सांसदहरुले ऐनमा व्यवस्था भएकोभन्दा आधा रकम आवास सुविधाबापत पाउने छन् । उनीहरुले मासिक सात हजार पाँच सय रुपैयाँ आवास सुविधा पाउने भएका हुन् ।

KFC Island Ad
NIC Asia

भत्ता पनि वृद्धि

सांसदहरुको सुविधा बढाउने निर्णय मन्त्रिपरिषदले गरेको छ । बुधबारको मन्त्रिपरिषद बैठकले सांसदहरुको भत्ता दुई सय पचास रुपैयाँले बढाउने निर्णय गरेको हो । मन्त्रिपरिषदको यो निर्णयसँगैप्रति बैठक सात सय पाँच रुपैयाँ भत्ता पाउने सांसदहरुले अबप्रति बैठक एक हजार भत्ता पाउनेछन् । प्रदेशसभा पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार हाल सांसदहरुलेप्रति बैठक सात सय पचास रुपैयाँ पाउने व्यवस्था गरेको थियो ।

Royal Enfield Island Ad

सांसदहरुले पाउने सुविधा सम्बन्धी ऐन बनेयता सुविधा बढाइएको यो दोश्रो पटक हो । यसअघि पनि मन्त्रिपरिषदले यातायात सुविधाभन्दै सांसदहरुलाई सात सय पचास रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो ।

दलका सचेतकलाई सवारी सुविधाबापत १० हजार

उक्त ऐनअनुसार दलका सभापति र सचेतकहरुले सवारी साधन उपलब्ध नहुन्जेलसम्म मासिक दश हजार रुपैयाँ सवारी साधन खर्चबापत पाउँछन् । हाल समितिका सभापतिहरुलाई सवारी सुविधा उपलब्ध गराइएको छ भने प्रमुख सचेतकले संसद सचिवालयका एक्स्ट्रा गाडी प्रयोग गर्दै आएका छन् । सबै दलका सचेतकहरुले हालसम्म सवारी सुविधा नपाएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सवारी नपाउन्जेलसम्म पनि उक्त सुविधा नलिएका सचेतकहरुलाई सुविधा दिन मन्त्रिपरिषदले निर्णय गरेको हो । तर, केही समययता भने सचेतकहरुले उक्त सुविधा लिएका थिएनन् ।

सदनमा प्रतिनिधित्व एउटै दलबाट गरे पनि नेकपाका सचेतकहरुले एमाले र माओवादीको नामबाट सुविधा लिँदै आएका थिए । यस विषयमा समाचार प्रकाशित भएपछि सांसदहरुले यो सुविधा लिएका थिएनन् । हाल नेकपा एकीकरण भइसकेको छ भने सचेतक पनि नेकपाकैतर्फबाट तोकिएका छन् ।

तर, मन्त्रिपरिषदको आइतबारको निर्णयले छुट्टाछुट्टै दलकोतर्फबाट सचेतकको प्रतिनिधित्व गर्दाको सुविधा पनि लिन बाटो खोलिदिएको छ । "बीचमा उहाँहरुले पैसा फिर्ता गर्नुभएको रहेछ, यो निर्णयले उहाँहरुले नियमित पाउँदै आएको सुविधा निरन्तर पाउनुहुन्छ", प्रवक्ता बस्नेतले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  २०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro