site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यति नेपालको पहिलो कार्बन न्युट्रल एयरलाइन्स
Sarbottam CementSarbottam Cement

काटठमाडौं । जलवायु तटस्थताको लागि संयुक्त राष्ट्र संघको ग्रिनिङ द ब्लु भन्ने अवधारणालाई आत्मसात गर्दै सन् २०१८ मा हरित गृह ग्याँस उत्सर्जनलाई घटाउन र सन्तुलन गर्न सफल हुने यति एअरलाइन्स नेपालको पहिलो र सम्भवतः दक्षिण एशियाकै पहिलो कार्बन न्युट्रल एयरलाइन्स भएको कम्पनीले जनाएको छ । 

एयरलाइन्सले संयुक्त राष्ट्र विकास कार्यक्रम युएनडीपीद्वारा संचालित स्वतन्त्र कार्वन अडिट प्रक्रियामा सहभागी भई एयरलाइन्सको कुल कार्वन उत्सर्जनको गणना गरी त्यसलाई घटाउन र सन्तुलन गर्न योजना बनाइएको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्वतन्त्र कार्वन अडिटका अनुसार यति एअरलाइन्स्ले सन् २०१८ मा आफ्नो सम्पूर्ण उडानहरु, वाहनहरु र अन्य साधनहरु समेतबाट १९ हजार ६६५ टन बराबर कार्वनडाईअक्साइड उत्सर्जन गरेको थियो । यस उत्सर्जनबाट लगभग ३ लाख २५ हजार १६५ रुखहरुद्वारा दश वर्ष भन्दा बढीसम्मको कार्वनको मात्रा बराबर अनुक्रमित गर्ने जनाइएको छ ।

सन् २०१७ र २०१८ को बीचमा कम इन्धन खपत हुने विमानको प्रयोग गरि प्रति उडान किलोमिटर २० प्रतिशत घट्नुका साथै प्रति यात्री १२ प्रतिशतले कार्बन उत्सर्जन घटेको थियो छ ।  

Global Ime bank

यति एअरलाइन्सले जेटस्ट्रीम–४१ जहाजको सञ्चालन क्रमबद्ध रुपमा काम गर्दै  एटीआर ७२–५०० जस्ता कम इन्धन खपत हुने विमानको सञ्चालन गरेर कम जीएचजी उत्सर्जन उत्पादन गर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ भने जेटस्ट्रीम–४१ जहाजलाई क्रमशः हटाउँदै लैजाने नीति लिएको जनाइएको छ ।

साथसाथै जीएचजी उत्सर्जनलाई कम गर्नका लागि कम्पनीले अपनाएका महत्वपूर्ण रणनीतिहरुमा दक्ष उडान सञ्चालन गर्ने, ग्राउण्ड प्रक्रियाहरु सुधार्नका लागि विमानस्थल संरचनाहरुको पूर्वधारहरुको सुधार गर्ने, सार्वजनिक जागरुकता सृजना गर्ने र कर्मचारी प्रशिक्षण दिने जस्ता महत्वपूर्ण कुराहरु पर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

यति एयरलाइन्स्ले विगतका वर्षहरु विभिन्न पर्यावरणीय परियोजनाहरु पनि सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

यति एयरका प्रमुख कार्यकारी अधिकृत उमेश चन्द्र राईका अनुसार नेपालमा सर्वाधिक ठुलो हवाई सञ्जालद्वारा सेवा सञ्चालन गर्दै आएको यति एअरलाइन्स आफ्नो ग्राहक सेवाको स्तर बढाउँदै आफ्नो तर्फबाट वातावरण संरक्षण गर्न  निरन्तर रुपमा काम गरिरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC