site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंका सडकमा ब्रुमर चले तर धुलो चलेन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ब्रुमरले सडक सफा गरे पनि काठमाडौंका अधिकांश सडकमा धुलोको समस्या हट्न सकेको छैन । काठमाडौं महानगरपालिकाले सडकमा रहेको धुलो सफा गर्नका लागि पाँचवटा ब्रुमर सञ्चालन गरिरहेको छ ।

ब्रुमर सञ्चालन भए पनि सडकमा धुलोको मात्रा कम भएको छैन । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ०७५ चैत १२ गते इटालीबाट ल्याएका ५ वटा ब्रुमरको औपचारिक उद्घाटन गरेका थिए । ती ब्रुमरहरु अहिले काठमाडौंका विभिन्न पाँचवटा रुटमा राति ८ देखि बिहान ३ बजेसम्म सञ्चालन भइरहेको महानगरपालिका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले बताए ।

\"\"

Prabhu Bank
Agni Group
NIC Asia

“पाँच वटा रुटमा ब्रुमर सञ्चालन गरिरहेका छौं । एक रातमा १७ टन धुलो संकलन गरिरहेका छौं,” प्रमुख श्रेष्ठले बाह्रखरीलाई जानकारी दिए । 

\"\"

Global Ime bank

हरेक राति चल्ने ब्रुमरले प्रति ब्रुमर ८० लिटर डिजेल खर्च हुन्छ । यसरी पाँचवटा ब्रुमरले चार सय लिटर डजेल खर्च हुने गरेको प्रमुख श्रेष्ठले जानकारी दिए । तर, डिजेल, चालक तथा सहयोगीमा हुने खर्च बराबरको उपयोगी भने ब्रुमर हुन सकेका छैनन् । ब्रुमर चले पनि न त धुलो हटेको छ न राजधानीका जनताले धुलोमुक्त हावा स्वास फेर्न पाएका छन् । 

\"\"

किन हट्दैन धुलो ?

ब्रुमरमा रहेको ब्रसले हाइड्रोलिक प्रेसरको माध्यमले सुख्खा धुलो तानेर ट्याङ्कीमा संकलन गर्ने हो । चैतदेखि नै काठमाडौंको मौसम बदली भएर प्राय: वर्षा भइरहेको छ । वर्षाका कारण सडकमा जम्मा भएको पानी ब्रुमरको ब्रसले तान्न सके पनि सडकमा जमेको हिलो ब्रुमरको ब्रसले तानेर संकलन गर्न सक्दैन । वर्षा रोकिएर घाम लागेपछि त्यही हिलो धुलोमा परिणत हुन्छ ।

\"\"

यसकारण महानगरपालिकाले ब्रुमर प्रयोग गरेर सडक सफा गरे पनि सडकबाट उड्ने धुलो नियन्त्रण हुन नसकेको हो । यस्तै विकास निर्माणका नाममा जथाभावी सडक खन्ने तर त्यसलाई तत्कालै पुरानै अवस्थामा नफर्काउँदा सडक नै धुलो उत्पादनको प्रमुख स्रोत बनिरहेका छन् । 

\"\"

विकास निर्माणमा काम गर्ने सरकारी निकायकै यस्तो लापरबाहीका कारण सडकबाट उडेको धुलोको असर सर्वसाधारणले भोग्नु परिरहेको छ । सडकबाट उडेको धुलोको चरम मर्कामा बालबच्चा र वृद्धवृद्धा पर्ने गरेका छन् ।संघीयताको कार्यान्वयनसँगै ३ वटै तहलाई सरकारले सडक मर्मत सम्भारको जिम्मा दिए पनि सडक खन्न हानाथाप गर्ने तर मर्मत, सम्भारमा ३ वटै निकायले हानाथाप गर्दा सडकबाट उड्ने धुलोको मर्का सर्वसाधारणले खप्नु परेको हो । 

\"\"

यसरी खनिएका सडक पानी पर्दा हिलाम्मे हुन्छन् । तिनै सडकमा गुड्ने सवारी साधनका टायरमा टाँसिएको हिलो नखनिएका सग्ला सडकसम्म आइपुग्छ । खनिएका सडक पूर्णरुपमा कालोपत्रे नभई अहिलेकै अवस्थामा जति ब्रुमर लगाए पनि सडकको धुलो नहट्ने दाबी गर्छन् पूर्वाधार विज्ञ सूर्यराज आचार्य ।

\"\"

“पुतलीसडक सफा राख्नु छ भने पहिला गोकर्ण, जोरपाटीतिरको सडक कालोपत्रे गर्नुपर्छ । त्यहीँ हिलो टाँसिएका गाडीका चक्काले काठमाडौंका अन्य क्षेत्रमा हिलो पुर्‍याउने गरेका छन्,” आचार्यले बाह्रखरीसँग भने ।

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६  ०७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC