site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एचआईभीका कारण झापामात्र एक दशकमा ३५ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

भद्रपुर । झापामा एचआईभी संक्रमणका कारण मृत्यु हुनेको संख्या एक दशकमा ३५ पुगेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन कुलबहादुर पौडेलले २०६५ देखि अहिलेसम्ममा एड्सबाट मृत्यु हुनेहरु ३५ पुगेको जानकारी दिए । विसं २०६५ देखि २०७० सम्ममा १८, २०७१ मा चार, २०७२, २०७३ र २०७४ मा हरेक वर्ष एक-एक र २०७५ मा १० ले एचआइभी एड्सका कारण ज्यान गुमाएका थिए । हाल झापामा ६ सय १६ एचआइभी संक्रमितले सरकारका तर्फबाट वितरित औषधि नियमित सेवन गरिरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

एचआईभी सङ्क्रमणको मुख्य कारण असुरक्षित यौन सम्पर्क रहेको झापामा विभिन्न गैरसरकारी संस्थाले गरेको अध्ययनले देखाएको छ । झापामा जिल्ला जनस्वास्थ्य कार्यालय भद्रपुरसहित लवकुश आश्रम भद्रपुर, सहारा नेपाल विर्तामोड, आम्दा नेपाल दमक र नाइट चेस क्लब काँकरभिट्टाले एचआइभी सङ्क्रमितको परीक्षण, उपचार र हेरचाह गरिरहेका छन् ।

मेची अञ्चल अस्पताल भद्रपुरमा सिडीफोर परीक्षण गर्ने मेसिन राखिएको छ भने भाइरल लोड परीक्षणका लागि नमूना सङ्कलन, ड्राइब्लड स्पट कलेक्सन, पिएमटिसिटी सेवा (प्रसूतिबाहेक) जस्ता अति आवश्यक सेवा सङ्क्रमितले जिल्लामै पाउँदै आएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन पौडेल बताउछन् ।

Global Ime bank

लवकुश आश्रम भद्रपुरकी संस्थापक अध्यक्ष रञ्जु शर्माले झापामा सन् २०१७ देखि २०१९ सम्ममा सङ्क्रमित महिलाबाट जन्मेका बच्चामा ३० नेगेटिभ र एक पोजेटिभ फेलापरेको जानकारी दिए । - रासस
सांकेतिक तस्बीर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC