site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इरान प्रतिबन्धमा अमेरिकाको निर्णयप्रति चीनको आक्रोश
Sarbottam CementSarbottam Cement

एजेन्सी । इरानको तेल निर्यात सम्बन्धी प्रतिबन्धमा थप कडाइ गर्ने अमेरिकाको निर्णयप्रति चीनले गम्भीर आपत्ति जनाएको छ । ट्रम्प प्रशाष्सनले ईरानसँग तेलको कारोबार गर्ने राष्ट्रहरु पनि प्रतिबन्धको शिकार हुने चेतावनी दिएपछि सोमबार बेइजिङले आक्रोश व्यक्त गरेको हो । भारतसँगै चीन पनि इरानको सबैभन्दा ठूलो तेल ग्राहक रहँदै आएको छ । यसरी अमेरिकाको सो फैसलाले विश्वव्यापी रुपमा तेल बजारलाई अनिश्चित तुल्याएको हुँदा यसबारे चिन्ता व्यक्त गरिएको छ । 

चिनियाँ विदेश मन्त्रीले सोमबारको पत्रकार सम्मेलनमा भनेका छन्, ‘चीन एकतर्फी प्रतिबन्ध र अमेरिका द्वारा सञ्चालित तथाकथित ‘न्यायालय’ को कडा विरोध गर्दछ । इरानसँग हाम्रो सहकार्य खुला, पारदर्शी र वैध छ त्यसैले यसको सम्मान गरिनैपर्छ । ’ अघिल्लो वर्ष इरानसँग कारोबार गरिरहेका सात मुलुकहरुलाई अमेरिकाले यस विषयमा छुट दिएको थियो तर आगामी मे २ मा सो छुटको अवधि समाप्त हुनेछ । यस्तोमा अमेरिकाको सो निर्णयप्रति चीनले मात्र नभएर अन्य राष्ट्रहरुले समेत विरोध जनाइरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार ट्वटीर मार्फत टर्कीका विदेश मन्त्री मेभल्ट क्याभोसोग्लुले पनि ‘टर्की सबै प्रकारको एकलौटी प्रतिबन्धको विरुद्धमा छ र छिमेकीहरुसँगको सम्बन्ध कसरी चलाइनुपर्छ भन्नेबारे जारी हस्तक्षेपको कडा आलोचना गर्दछ ’ भनि विरोध गरेका हुन् । यसरी अमेरिकी कारबाहीबाट पनि टर्की र चीन नै सबैन्दा बढी प्रभावित हुने बताइएको छ । विश्लेषकहरुका अनुसार यति छोटो समयमै इरानबाट तेल आपूर्ति बन्द भए टर्की र चीनले सबैभन्दा धेरै संघर्ष गर्नुपर्ने हुन्छ । तेल मूल्य सूचना सेवामा ऊर्जा विश्लेषणका वैश्विक प्रमुख टम क्लोजा भन्छन्, ‘मेरो विचारमा चीन र टर्की नै अमेरिकी कारबाहीबाट नराम्ररी प्रभावित हुने हुँदा सबैभन्दा धेरै चिन्ताजनक अवस्थामा छन् ।’ उनले अमेरिकाको सो निर्णयलाई अत्यन्तै हानिकारक साबित हुन सक्ने बताए । 

सोमबार मात्र अमेरिकी राज्य सचिव माइक पोम्पेओले मे महिना सम्मको समय अवधि सकिएपछि पनि इरानबाट तेल खरिद गर्न जारी राख्ने राष्ट्रहरुले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका हन् । उनले थप भनेका छन्, ‘हामीले पहिले नै स्पष्ट जानकारी दिइसकेका छौँ कि यसको उल्लंघन गर्नेहरुले कडा प्रतिबन्धको सामना गर्नुपर्ने हुन्छ । ’ तरपनि चीनले यति थोरै समयमै इरानबाट पूर्ण रुपमा तेल निर्यात गर्न छाड्न नसक्ने विश्वविद्हरुको भनाइ छ । 

Global Ime bank

भारतले भने तत्काल यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । तर भारत सरकारले यसअघि नै एकलौटी प्रतिबन्धलाई मान्यता नदिने र केबल संयुक्त राष्ट्रको निर्णय मात्र पालना गर्ने बताएको थियो । साउदी अरब र इराकपछि इरान सबैभन्दा ठूलो तेल निर्यातकर्ता हो ।

यस्तोमा वासिङटनको सो निर्णयपछि सोमबार अमेरिकामा तेलको मूल्य तीन प्रतिशत बढेको छ र सो वृद्धि आगामी दिनहरुमा पनि जारी रहने अनुमान गरिएको छ । यसरी तेल बजारको अतिरिक्त क्षमता इरानको भरपाइ गर्नमै खर्च हुनेहुँदा अन्तराष्ट्रिय बजारमा तेलको मूल्य बढ्ने उच्च सम्भावना रहेको बताइएको छ ।  सीएनएनबाट
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC