site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यू–१६ पूर्वी क्षेत्रिय क्रिकेटः पहिलो खेलमा नेपालको सहज जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगितामा नेपाली टोलीले जित निकालेको छ । थाइल्यान्डमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले सुखद सुरुआत गरेको हो । शनिबार भएको खेलमा नेपालले म्यानमारलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । 

टस जितेर पहिलो ब्याटिङ गरेको म्यानमारले १३ ओभर २ बलमा अलआउट हुँदै ५८ रनमा समेटिएको थियो । म्यानमारले दिएको ५९ रनको सामान्य लक्ष्य नेपालले ८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको जितमा अर्जुन कुमालले सर्वाधिक २३ रन बनाए । उनले अविजित रहँदै यो योगफल तयार पारेका हुन् । यस्तै सुवास ऐरले ११ रन बनाउन सफल भए । बलिङतर्फ म्यानमारका काउङ क्याले २ विकेट लिन सफल भए । 

यसअघि म्यानमारका लागि काउङ क्याले सर्वाधिक १९ तथा क्रिस्टोफरले ११ रन बनाउन सफल भए । उनी बाहेका म्यानमारका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन् । बलिङतर्फ नेपालका कप्तान विशाल बिक्रम केसीले ४ विकेट लिए । जितसँगै समूह ‘ए’ को नेपालले २ अंक जोडेको छ । नेपाल साविक विजेता पनि हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC