site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
यौन दुर्व्यवहारको आरोप लागेका खतिवडा निलम्बन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मण्डला नाटक समूले यौन दुर्व्यवहारको आरोप लागेका रङ्गकर्मी राजन खतिवडालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको छ । मण्डला नाटक समूहका महासचिव रहेका खतिवडालाई समूहले आजबाट पदीय जिम्मेवारीबाट मुक्त गरेको हो । 

“यस समूहका महासचिव राजन खतिवडाविरुद्ध समेत आरोप आएको सन्दर्भमा खतिवडा स्वयम्ले आफूबाट अन्जानमा गल्ति भएको हुनसक्ने बताउँदै आत्मालोचना गरेका कारण र घटनाको निष्पक्ष छानवीनका लागि सहज वातावरण बनाउन संस्थाको पदीय जिम्मेवारीबाट बाहिर रहन चाहँदै सामाजिक नैतिकताका आधारमा राजीनामा दिएका कारण उनलाई कम्तीमा १ वर्षका लागि महासचिवको पदबाट जिम्मेवारीमुक्त गरिने निर्णय गरिएको छ,” समूहले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विज्ञप्तिको पूर्णपाठः 

यौन दुर्व्यवहारको घटनासम्बन्धमा अभिव्यक्ति बारे ।

Global Ime bank

प्रस्तुत विषयमा हाल नेपालमा चलिरहेको महिला हिंसा विरुद्धको अभियानको क्रममा नेपाली रंगमञ्चमा समेत लैंगिक हिंसा र यौन दुव्र्यवहारसम्बन्धी घटनाहरु भइआएको समाचार विभिन्न माध्यमबाट आइरहेको छ । यस विषयमा हाम्रो संस्थाको आधिकारिक धारणासम्बन्धमा समूमा छलफल हुँदा लैंगिक हिंसा र यौन दुव्र्यवहारसम्बन्धी घटनाहरुमा हाम्रो संस्था समेत संवेदनशील रहेको र यस्ता घटनाविरुद्धका अभियानहरुमा हाम्रो समर्थन तथा ऐक्यवद्धता रहेको जनाउन चाहन्छौं । यस्ताखाले प्रवृत्तिबाट रंगमञ्चलाई बचाउन र रंगमञ्चको गरिमा उच्च राख्न हामी सदैव प्रयत्नशील रहने जानकारी गराउन चाहन्छौं । नाटकमार्फत सवैखाले सामाजिक मुद्दामा कलात्मक भाषामार्फत आफ्ना विचार राख्दै आएको यस नाटक समूहले नाटकीय गतिविधिबाहेक खुला बहस तथा छलफलहरुमा समेत सहभागिता जनाउने बेला आएको ठहर गर्दै त्यसप्रति हामी प्रतिवद्ध रहेको जानकारी गराउन चाहन्छौं । आफ्नो कठिन समयको बारेमा खुलेर बोल्नुहुने र आफ्नो आवाज राख्नुहुने सवै महिला रंगकर्मीहरुप्रति सम्मान तथा समानुभूति प्रकट गर्न चाहन्छौं । यस समूहका महासचिव राजन खतिवडाविरुद्ध समेत आरोप आएको सन्दर्भमा खतिवडा स्वयम्ले आफूबाट अन्जानमा गल्ति भएको हुनसक्ने बताउँदै आत्मालोचना गरेका कारण र घटनाको निष्पक्ष छानविनका लागि सहज वातावरण बनाउन संस्थाको पदीय जिम्मेवारीबाट बाहिर रहन चाहँदै सामाजिक नैतिकताका आधारमा राजिनामा दिएका कारण उनलाई कम्तिमा १ वर्षका लागि महासचिवको पदबाट जिम्मेवारीमुक्त गरिने निर्णय गरिएको छ ।

नेपाली रंगमञ्चमा कार्यरत एक जिम्मेवार संस्थाको हिसावले यस किसिमका घटनाहरु निराकरण गर्नमा हाम्रो दायित्व समेत हुन आउने भएकोले त्यसका लागि संस्थागत रुपमै लागिपर्न मण्डला नाटक समूह नेपाल कटिवद्ध छ । यससम्बन्धमा आइरहेका समाचारहरुमाथि छानविन र आवश्यक कारवाही गर्दै त्यसका लागि बृहत छलफल गर्नसमेत संस्था तयार भएको जानकारी गराउन चाहन्छौं । यसका लागि सहयोग गरिदिनहुन सवै रंगकर्मी समुदाय तथा सरोकारवाला निकायहरु समक्ष हार्दिक आह्वान गर्दछौं ।

मितिः २०७६/१/६

सृजना सुब्बा
अध्यक्ष
तथा मण्डला नाटक समूह नेपाल परिवार

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  २२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC