site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
रोजगारीका लागि विदेश फर्किनको संख्या बढ्दै, नयाँ श्रम स्वीकृत लिने घटेपनि विप्रेषण एक चौथाईले बढ्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा विप्रेषण आप्रवाह एक चौथाइले बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार नेपाल भित्रिएको रेमिट्यान्स २३ दशमलव ४ प्रतिशतले बढेर ५ खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह मात्र ४ दशमलव ९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २२ दशमलव ९ प्रतिशतले वृद्धि भई ६ खर्ब  ६२ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.७ प्रतिशतले घटेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्र बैंकका अनुसार अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८ दशमलव ३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले घटेको थियो ।

साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४ दशमलव ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ दशमलव ३ प्रतिशतले घटेको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC