site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार्विरुद्ध आन्दोलन गर्ने बेला आयोः देउवा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घको ४९ औँ स्थापना दिवसका अवसरमा नेविसङ्घ काठमाडौँले आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले सरकारको विरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको बताए । 

“निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ, महङ्गी बढेको छ, कर बढेको छ, वर्तमान सरकारको अन्याय, अत्याचार विरुद्ध नेविसङ्घ जाग्नुपर्ने बेला आएको छ,” उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

सभापति देउवाले विद्यार्थीसँगको छलफलमा नेविसङ्घको तदर्थ समिति गठन गर्ने बताए । मुलुकको महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको नेविसङ्घ सरकारको विरुद्ध आन्दोलनमा होमिनुपर्ने बेला आएको उनको भनाई छ । 

कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकार कुरा गर्ने काम नगर्ने तर्फ अगाडि बढेको बताउँदै यसको विरुद्द कांग्रेस एकजुट भएर लाग्नुपर्ने बेला आएको बताए । “नेविसङ्घको कार्यसमिति चाँडो गठन हुन्छ, उक्त कार्यसमिति संगठन विस्तार र सरकारको गलत क्रियाकलापको विरुद्धमा लाग्नुपर्छ,” उनले भने । 

Global Ime bank

कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले कम्युनिष्ट अधिकायकवादलाई  मुलुकमा लागू गर्न खोजेको आरोप लगाए ।  “आगामी वर्षको स्वर्ण जयन्तीमा निर्वाचित कार्यसमितिले कार्यक्रम राख्ने गरी नेविसङ्घको संगठन विस्तारमा लाग्नुपर्छ,”–उनले भने । 

कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक आन्दोलनको अग्र भागमा उभिएको नेविसङ्घको महत्व अहिलेको अवस्थामा झन् बढेर गएको बताए । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसङ्घको नयाँ कार्यसमितिलाई तत्काल निर्माण गरेर नेविसङ्घलाई जागरण अभियानमा समावेश गर्नुपर्ने बताए । 

नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यले पार्टीले नेविसङ्घको कार्यसमिति तत्काल गठन गर्न माग गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC