site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गोयलप्रति माल्याको सहानुभूति, जेट एयरवेज डुब्नुहुन्न   
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजको अवस्था आफ्नो किङ्फिसरको जस्तै हुन लागेको देखेर विजय माल्याले सरकारसँग प्रश्न गरेका छन् । उनले जेट एयरवेजका संस्थापक दम्पती नरेश गोयल र अनिता गोयलप्रति सहानुभूति प्रकट गरेका छन् । ‘भलै हामी कुनै बेला कडा व्यावसायिक प्रतिद्वन्द्वी थियौं, तर मेरो मनमा नरेश र अनिताप्रति यतिखेर सहानुभूति छ । उनीहरुले जेट एयरवेज सुरु गरे, त्यसमा भारतले गौरव महसुस गर्नुपर्छ । जेटले यति राम्रो सेवासुविधा दिइरहेको छ, तर पनि अन्य वायुसेवाजस्तै जेटको खराब अवस्था किन आयो ? यो निकै दुखदायी स्थिति हो ।’ माल्या अहिले लन्डनमा छन्, उनको वायुसेवा कम्पनी किङफिसर सन् २००३ मा आरम्भ भएर २०१२ मा बन्द भएको थियो ।

एयरलाइन्ससम्बन्धी सरकारी नीतिलाई लिएर उनले प्रश्न गरेका छन् । बुधबार बिहान ट्विट गर्दै उनले लेखेका छन्, ‘जेट र किङफिसर प्रतिद्वन्द्वी भए पनि यति ठूला एयरलाइन्स कम्पनीहरु असफल भएको देखेर मलाई दुःख लागेको छ । सरकारले एयर इन्डिया बचाउन ३५ हजार करोड रुपैयाँ दिएको छ, तर निजी कम्पनीमाथि भेदभाव गरिरहेको छ । यो ठीक होइन ।’

Prabhu Bank
Agni Group
NIC Asia

उनले आफू बैङ्कहरुको ऋण तिर्न तयार रहेको पनि बताउन भ्याएका छन् । ‘मैले शतप्रतिशत ऋण चुकाउने अफर दिएको हुँ । तर जवाफमा मलाई अपराधीको ठप्पा लगाइयो,’ माल्याले गुनासो गरेका छन्, ‘के एउटा एयरलाइन्स कम्पनी खोल्नुको सजायँ दिइएको हो यो ?’

उनले मार्च २६ मा अर्को ट्विट गर्दै बैङ्कहरुलाई आफूसँग पैसा लिएर जेट एयरवेजलाई वित्तीय सङ्कटबाट बचाउन अपिलसमेत गरेका थिए । विभिन्न व्यावसायिक आरोप लागेका माल्यालाई बेलायतले चाँडै नै भारतसमक्ष प्रत्यर्पित गर्दैछ । 
नवभारत टाइम्स डटकम 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC