site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानसम्पादक श्रेष्ठको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समाचारपत्रका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । 

कामना प्रकाशनका संस्थापक अध्यक्षसमेत रहनुभएका श्रेष्ठको ६० वर्षको उमेरमा बुधबार बिहान काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । सभापति देउवाले बुधबार एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि पत्रकारीताको क्षेत्रमा संलग्न श्रेष्ठको निधनले सिंगो सञ्चार जगतमा अपूरणीय क्षति पुगेको जनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“नेपाल समाचारपत्रका प्रधानसम्पादक एवं वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधनको समाचारले मलाई स्तब्ध र दुखित बनाएको छ । स्वर्गीय श्रेष्ठले नेपालको पत्रकारीता क्षेत्रको श्रीवृद्धिमा सक्रिय योगदान पुर्‍याउनु भएको थियो”, विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा प्रधानसम्पादक श्रेष्ठको निधनबाट सञ्चार क्षेत्रले एक कुशल व्यक्तित्वलाई गुमाएको तथा र यस क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाइएको छ । यसैबीच, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नयाँ सडकस्थित भूगोलपार्क पुगेर प्रधानसम्पादक श्रेष्ठको पार्थीव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

Global Ime bank

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC