site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अम्बानीको कम्पनी रिलायन्सलाई फ्रान्समा भारी कर छुट !
Sarbottam CementSarbottam Cement

बीबीसी । भारतीय व्यापारी अनिल अम्बानीको एक कम्पनीलाई फ्रान्स सरकारले करिब ११०० करोड कर छुट दिएको चर्चित फ्रान्सेली पत्रिका ला मोन्दले आफ्नो रिपोर्टमा दाबी गरेको छ । अम्बानीको कम्पनीले भने यो दाबीलाई अस्वीकार गर्दै कम्पनीले यस्तोखाले कुनै फाइदा वा छुट नलिएको जिकिर गरेको छ । रिलायन्स कम्युनिकेसनले करसम्बन्धी मुद्दा फ्रान्समा लागू कानुनमा टेकेरै सुल्झाएको बताएको छ । 

ला मोन्दका अनुसार रिलायन्स फ्ल्याग एटलान्टिक फ्रान्स (आरएफएएफ) नामको कम्पनीबाट असुलउपर गर्नुपर्ने १४ करोड ३७ लाख युरो (करिब ११०० करोड भारु) कर असुली रद्द गरिएको थियो । रिलायन्सले कर छुटको राहत पाउनुभन्दा झण्डै एक महिनाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सेली कम्पनी दसो एभिएसनसँग ३६ रफाल लडाकु विमान खरिद गर्ने घोषणा गरेका थिए । आरएफएएफको स्वामित्व अनिल अम्बानीको रिलायन्स कम्युनिकेसनसँग रहेको र त्यो फ्रान्सेली कम्पनी भएको पनि बताइएको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

यतिखेर भारतमा लोकसभा निर्वाचन चलिरहेको छ । विपक्षले रफाल कारोबारको गडबडीलाई लिएर सत्तापक्षमाथि प्रश्न उठाइरहेको छ । काङ्ग्रेस अध्यक्ष राहुल गान्धीले रफालमा प्रधानमन्त्री मोदीको संलग्नता रहेको र त्यसमा चरम भ्रष्टाचार भएको आरोप लगाउँदै आएका छन् । 

ला मोन्दको रिपोर्टबारे यसै अखबारका दक्षिण एसिया संवाददाता जुलियन बोसुले थुप्रै पटक ट्विट गरिसकेका छन् । उनले फ्रान्समा अम्बानीको एक टेलिकम कम्पनी दर्ता रहेको र त्यसको नाम रिलायन्स फ्ल्याग एटलान्टिक फ्रान्स रहेको बताएका छन् ।  उक्त रिपोर्ट तयार पार्न आफूलाई महिनौं लागेको पत्रकार बोसुले बताएका छन् । रिलायन्सले भने करसम्बन्धी कुनै पनि कुरामा विशेष छुट नलिएको र फ्रान्सको कानुनअनुसार नै काम भएको दाबी गरेको छ । बीबीसीबाट
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC