site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
२०७६ प्रदेश सरकारको आधार निर्माण वर्षः मुख्यमन्त्री राई
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७६ विकास र समृद्धिको जग बसाउने स्मरणीय वर्षको रुपमा रहने बताएका छन् । नयाँ वर्ष २०७६ सालको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले विकास र समृद्धिका लागि सबैले आ—आफ्नो क्षेत्रबाट योगदान पुर्याउने अपिलसमेत गरेका छन् । 

‘‘प्रदेशमा भएका स्रोत, साधन र प्रचुर प्राकृतिक सम्पदालाई समुचित प्रयोग गर्दै प्रदेशलाई समृद्ध एवं समुन्नत बनाउने दायित्व हाम्रो काँधमा आएको छ, विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीव्रता दिन म हार्दिक अपील गर्दछु’’, मुख्यमन्त्री राईद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ वर्षको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्यसहित अगाडि बढिरहेको हुँदा सबैका लागि यो वर्ष सुखद् र उपलब्धिमूलक बन्ने अपेक्षा गरेको सन्देशमा उल्लेख गरिएको छ । 

देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमण समाप्त भएको भन्दै उनले आर्थिक सामाजिक रुपान्तरणसहित समृद्धितर्फको यात्रालाई तीब्र गतिमा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने सबैको साझा जिम्मेवारी र दायित्व रहको मुख्यमन्त्री राईले जनाएका छन् । 

Global Ime bank

वर्ष २०७५ संविधान र संघीयता कार्यान्वयनको महत्वपूर्ण एंव प्रदेश सरकारको लागि महत्वपूर्ण आधार निर्माण गर्ने वर्षको रुपमा रहेको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ, ‘‘भर्खरै र पहिलो पटक गठन भएको प्रदेश सरकार प्रदेशको आर्थिक सामाजिक रुपान्तरण सहित आम जनताको जीवनस्तर सुधार गर्दै विकास र समृद्धि प्राप्त गर्न दृढ संकल्पित रहेको विश्वास दिलाउन चाहन्छु ।’’

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC