site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आत्तिएका खेलाडी र एन्फाको बेवास्ता

काठमाडौं । गत कात्तिकमा नेपाली राष्ट्रिय महिला फुटबल टोली ओलम्पिक छनोटको दोस्रो चरणको यात्रा तय गरी स्वदेश फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको माहोल उत्साहजनक थियो । विमानस्थलमा एन्फाका पदाधिकारी, सञ्चारकर्मी तथा खेलप्रेमीहरुको चहलपहल हेर्न लायक थियो । 

६ महिनापछि बिहीबार (हिजो) त्यही टोली स्वदेश फर्किंदा भने माहोल उल्टो देखियो । दोस्रो चरणको यात्रा अगाडि बढाउन नसकेर स्वदेश फर्केको टोलीलाई ‘रिसिभ’ गर्न न एन्फाका पदाधिकारी पुगे, न फोटो÷भिडियो खिच्नेको भीड लाग्यो, न त सञ्चारकर्मीले विमानस्थल पुग्ने जाँगर देखाए । एन्फा महिला कमिटीका तीन जनामात्र खेलाडीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए । उनीहरु पनि खेलाडी स्वागत गर्न भन्दा आफ्ै फोटो खिच्न–खिचाउन व्यस्त देखिन्थे । खेलाडीको प्रदर्शन तथा उनीहरुको अनुभवबारे कसैले जिज्ञासा राखेनन् ।  

खेलाडी निस्किने बेला विमानस्थलको आगमन कक्षमा विदेशी पर्यटक र वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुको हुल थियो । त्यही हुलमा मिसिएर निस्किएका थिए ओलम्पिक छनोट खेलेर फर्किएका नेपाली चेली । हारको नमिठो अनुभव लिएर फर्किएका खेलाडीको अनुहार आफ्नो क्षेत्रको अभिभावक एन्फाका पदाधिकारीलाई नदेख्दा झन् मलिन देखिए ।  
टोली आउनै लाग्दा एक प्रहरीले एन्फा महिला सदस्यलाई हकारे– यो आगमन कक्ष हो, यहाँ भीड गर्न मिल्दैन । तपाईंहरुले हाम्र्रो माथिल्लो निकायलाई जानकारी गराउनु भएकै छैन, बस्न मिल्दैन यहाँ ! केहीबेर पछिमात्र प्रहरीले बस्न अनुमति दियो । 

Prabhu Bank
Agni Group
NIC Asia

खेलाडी टोली हारेर आएकाले विमानस्थलको माहोल त्यस्तो बनेको सहजै अनुमान गर्न सकिन्थ्यो । खेलका लागि म्यानमार जानुअघि आयोजित बिदाइ कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भनेका थिए– जितेर आउनुस्, म स्वागत गर्न आउनेछु । हारेर फर्केको टोलीलाई स्वागत गर्न अध्यक्ष त परै जावस्, कुनै पदाधिकारी विमानस्थल पुगेनन् । 

ओलम्पिक छनोटको दोस्रो चरणमा नेपाल पहिलो चरणजस्तो सफल हुन सकेन । घरेलु टोली म्यानमारविरुद्ध र भारतविरुद्ध समान ३–१ ले पराजित हुँदा नेपाल दोस्रो हाफमा कमजोर देखियो । दुवै खेलमा पहिलो हाफ बराबरी खेलेको नेपालले दोस्रो हाफमा सुधार गर्न सकेको थिएन । 

Global Ime bank

प्रशिक्षक हरि खड्काले म्याच एक्सपोजर नहुँदा खेलाडी आत्तिएको प्रतिक्रिया दिए । हुन त पछिल्लो समय नेपाल लगातार खेलमा व्यस्त नै थियो । तर, सुधारमा केही चुक्यो । प्रशिक्षक खड्काले एक्सपोजरलाई मुख्य कारण बताएका छन् । नेपालले पछिल्लो समय भारत, म्यानमार, माल्दिभस र बंगलादेशसँग खेलेको थियो । 

यसै महिना पाँचौं महिला साफ च्याम्पियनसिपमा भारतसँग हारेको बदला लिने बताएको नेपाल ओलम्पिक छनोटमा इन्डोनेसियामाथि सान्त्वना जित निकाल्दै स्वदेश फर्कियो । समूह ए बाट घरेलु टोली म्यानमार तेस्रो चरणका लागि छनोट हुँदा भारत दोस्रो र नेपाल तेस्रो भए । 

झण्डै ८ महिना खेलाडीसँग बिताएका प्रशिक्षक खड्का मलिन अनुहारसहित विमानस्थलमा रनभुल्ल थिए । उनले खेलाडीलाई आठौं राष्ट्रिय खेलकुदका लागि शुभकामना दिए अनि ट्याक्सी चढेर घरतिरलागे । खेलाडीहरुलाई पनि एन्फाले आ–आफ्नो घर छोडिदिने व्यवस्था गरेको रहेनछ । कोही ट्याक्सी र कोही गाडी चढेर गन्तव्यतर्फ लागे । 

जाँदै गर्दा एक खेलाडीले व्यंग्य गरिन्, “हामी राष्ट्रिय खेलाडी ! हेर्नुस् त कस्तो राम्रो सुरक्षा !!’
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement