site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
यी हुन् चलेका र हाइप बनाएर पनि नचलेका चलचित्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । वर्ष २०७५ सकिन अब दुई दिन बाँकि छ । यो वर्ष नेपाली चलचित्र उद्योगका लागि फाप सिद्ध भएन । एकाध बाहेकका चलचित्रका लागि यो खुसीको वर्ष रहेन । कमेडी जानरामा बनेको दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा-३’ ले बक्स अफिसमा राम्रो उपस्थिती जनायो । अन्य चलचित्रले खासै उत्साहजनक व्यापार गर्न सकेनन् । हाइप राम्रो बनाएका चलचित्रले पनि हलमा दर्शक तान्न सकेनन् ।  

कमेडी ‘छक्का पञ्जा–३’ ले बक्स अफिसमा बम्पर ओपनिङसँगै लगातार दर्शक तान्दा लभ स्टोरी ‘नाईं नभन्नु ल–५’ले पनि राम्रै व्यापार गर्‍यो । दसैंको छेको पारेर रिलिज भएको अशोक शर्माको चलचित्र ‘जय भोले’ले मुस्किलले लगानी उठायो । खगेन्द्र लामिछानेको कथा र अभिनय रहेको यो चलचित्रले अपेक्षित व्यापार भने गर्न सकेन । 

‘रामकहानी’ ले नेपालभित्र र ओभरसिज मार्केटबाट मुस्किलले लगानी सुरक्षित गर्दा दीपेन्द्र के खनालको चलचित्र ‘चङ्गा चेट’ लगानी उठाउन भने सफल भयो । तर दीपेन्द्र के खनाल र खगेन्द्र लामिछाने दुबैले समीक्षकको गाली खाए । 

Prabhu Bank
Agni Group
NIC Asia

एकपछि अर्को हाइप बनाएका चलचित्र रिलिज भए पनि हलमा पुग्दा दशर्कको खडेरी लाग्यो । रिलिज भएको दिन शुक्रबार नै हलका सिट खाली भए । दिनेश राउतको चलचित्र ‘प्रसाद’ले भने लगानी सुरक्षित गर्‍यो । 

अधिकांश चलचित्रका निर्देशक तथा कलाकारले आफ्नो चलचित्रले दर्शकलाई हलसम्म तान्ने ल्याकत राख्ने दाबी गर्न छोडेनन् तर न उनीहरुको चलचित्रलाई दर्शकले पत्याए न त समीक्षकले राम्रो नै लेखे ।  एकपछि अर्को चलचित्र लाग्दै गए । तर अधिकांश चलचित्र लागेको र उत्रिएको दर्शकले पत्तै पाएनन् । 

Global Ime bank

यो वर्ष पनि विगत वर्षहरुमा झैँ निर्माता तथा निर्देशकहरु हल्लीखल्ली र दाबी गर्न भने छोडेनन् । व्यापारको उकालो लाग्दो ग्राफ देखाउने केक काट्न, हिट भएको भन्दै सिक्वेल निर्माणको घोषणा गर्न र अर्को चलचित्र घोषणा गर्न छोडेनन् । तर घोषणा गरिएका सिक्वेल बन्ने तरखरमा तत्काल देखिदैनन् । बरु सिक्वेल घोषणा गर्नेहरु अन्य चलचित्रमा जुटे ।

फागुन ३ ‘बुलबुल’ को दिन भन्दै फागुन ३ गते रिलिज भएको चलचित्र ‘बुलबुल’ले नेपाल र ओभरसिज बजार गरेर लगानी उठाउने अवस्था छ । नेपालबाट उत्रिसकेको चलचित्र अष्ट्रेलियामा छ । अष्ट्रेलियासँगै अन्य देशको राइट्सबाट लगानीको आधा रकम उठ्ने निश्चित भएपछि ‘बुलबुल’ले लगानी उठाउने भएको हो । 

‘इन्टु मिन्टु लण्डनमा’ र ‘कोहलपुर एक्सप्रेस,’ले पनि निर्माण लागत उठाए । बाँकी सबै चलचित्रको लगानी बालवामा पनि भयो । रिलिज पूर्व कमाएको हाइप बालुवाको घर सरह भयो । 

हाइप बनाए तर फल्प भए 

भुवन केसीले फुटबलको विषयलाई लिएर आफूले पहिलो पटक चलचित्र बनाएको दाबी गर्दै ‘क्याप्टेन’ बनाए । अनमोल केसी मुख्य भू्मिकामा थिए । चलचित्रले सोचेभन्दा पनि राम्रो हाइप बनायो । तर यो चलचित्र नराम्रोसँग फल्प भयो । ‘कृ’को जती पनि व्यापार गरेन । समीक्षकको साथ नपाए पनि दर्शकको साथ पाउने गरेका अनमोलले ‘कृ’बाट गुमाएको साख ‘क्याप्टेन’बाट फर्काउलान् कि भन्ने अपेक्षा धेरैले गरेका थिए । तर, अपेक्षा गर्नेहरुलाई उनले निराश बनाए । 

अर्का चकलेटी हिरो प्रदीप खड्काका चलचित्रले पनि हाइप बनाए तर दर्शक कमाएनन् । ‘रोज’ र ‘लभ स्टेशन’ दुबै चलचित्रले हाइप त बनाए तर हलमा दर्शक उनीहरुका चलचित्र हेरिदिन गएनन् । यो वर्ष स्टारडमको चर्चा चर्कै चल्यो । यद्यपि हलमा स्टारडमको प्रभाव शून्य प्राय भयो ।
 
नयाँ स्टारडम मात्रै होइन पुरानो स्टारडमका चलचित्रलाई पनि दर्शकले पत्याएनन् । न रेखा थापाको ‘मालिका’ले दर्शक बटुल्यो न आर्यन सिग्देलको ‘कायरा’ माथि नै दर्शकले भरोसा गरे । 

रेखादेखि अनमोलसम्मका चलचित्रले दर्शक तान्न नसकेको यो वर्ष ‘पशुपतिप्रसाद’मार्फत आफूलाई प्रमाणित गरेका खगेन्द्र लामिछानेको ‘डण्डीबियो’लाई पनि दर्शकले मन पराइ दिएनन् ।   

‘रोज’, ‘लभ स्टेशन’ र ‘कायरा’सँगै हाइप बनाए ‘हरि’, ‘गोपी’, ‘समरलभ’, ‘द म्यान फ्रम काठमाडौं’ र ‘रोमियो एन्ड मुना’ले पनि । तर यी चलचिलाई पनि दर्शकले मन पराएनन् । ‘साईंली’ले पनि हलमा अपेक्षित सफलता पाउन सकेन । भोली शुक्रबार राम्रो हाइप बनाएका चलचित्र ‘ए मेरो हजुर–३’ र ‘यात्रा’ रिलिज हुँदैछन् । भोलीका लागि रिलिज डेट लिएका चललचित्र प्रदर्शनमा आएपछि ०७५ मा रिलिज हुने चलचित्रको संख्या ९६ पुग्नेछ । 

पारिश्रमिक बढेको वर्ष 

चलचित्र चलुन् या नचलुन् स्टारको बजार मूल्य अर्थात पारिश्रमिक भने घटेन । एउटै कलाकारले एउटै चलचित्रबाट ४० लाखसम्म पारिश्रमिक लिएको हल्ला चल्यो । अनमोल केसी र प्रदीप खड्काको पारिश्रमिकले बजार ततायो । उनीहरुसँगै अखबारदेखि डिजिटलका मिडियाका भित्तामा विपिन कार्की, साम्राज्ञी आरएल शाहसम्मको पारिश्रमिकले महत्व पायो । चलचित्रको कथामाभन्दा पनि पारिश्रमिकमा अस्वस्थ प्रतिस्पर्धा वर्ष भरी नै रह्यो ।  

कथासँगै अभिनयमा पनि अब्बल रहने भनिएका खगेन्द्रले पनि कमाल देखाउन सकेनन् यो वर्ष । ‘डमरुको डण्डीबियो’ चलेन । ‘जय भोले’ अपेक्षित भएन । स्टारडमले दर्शक तान्न सकेनन् । 

तर अभिनयका पारङ्गत विपिन कार्कीले भने ‘हरि’बाट पनि अभिनयमा तारिफ बटुले भने उनको ‘प्रसाद’लाई दर्शकको साथ मिल्यो । ‘गोपी’मा भने उनको अभिनय खासै जमेन । ‘गोपी’बाट सुरक्षा पन्तले भने तारिफ बटुलिन् । ‘बुलबुल’बाट स्वस्तिमा खड्काले छुट्टै उचाई बनाइन् । यही चलचित्रबाट निर्देशक तथा लेखक विनोद पौडेलले राम्रो सम्भावना मात्रै देखाएनन् केही नयाँ र मौलिकपन दिन सक्छु भन्ने प्रमाणित पनि गरे । 

ठूला ब्यानर पर्व विदामा भिड्न छाडेनन् । त्यसको असर बक्स अफिसमा देखियो । अझै भिड्न बाँकी छ । ‘ए मेरो हजुर–३’ र ‘यात्रा’ । अर्थात सलिनमान बानियाँ र अनमोल केसी । 

यही वर्ष रेनेशा राई कोरियोग्राफरबाट निर्देशकमा फड्को मारिन् । उनले निर्देशन गरेको चलचित्र ‘इन्टु मिन्टु लण्डन’बाट धिरज मगरले सम्भावना देखाए । 

कमेडी नै रुचाइयो

पारिश्रमिकमा ४० लाखसम्म रस्साकस्सी गरे पनि दर्शकले भने कमेडीयन एक्टर एक्ट्रेसलाई पत्याए । दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाललाई नै मन पराए । उनीहरुकै चलचित्र प्रतिक्षित बने । केदार घिमिरेको चौतर्फी प्रशंसा भयो । महिला निर्देशकका रुपमा आफूलाई अब्बल सावित गरिन् दीपाश्री निरौलाले । 

यही वर्ष साउन १ गतेदेखि चलचित्र विकास बोर्डले काठमाडौंका केही हलमा बक्स अफिस प्रणाली लागु गर्‍यो । तर बक्स अफिस लागु भए पनि त्यसको रिपोर्ट समयमै उपलब्ध हुन नसकेको, वितरक र विकास बोर्डको तथ्यांकमै फरक परेको विकास बोर्डले बताउँदै आएको छ । 

यो वर्ष निकै राम्रो टीआरपी र युट्युब स्क्रिनिङ उच्च रहेको सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ सिजन–२ लाई चलचित्र प्रचारको राम्रै माध्यम बनाइयोे । अहिले ‘नेपाल आइडल’ छैन । ‘मुन्द्रेको कमेडी क्लब’मा चलचित्रकर्मी केन्द्रित भएका छन् । प्रदर्शनको मिति नजिकिएका चलचित्रका निर्देशक तथा कलाकारले आफ्नो चलचित्रबारे कुरा राखिरहेका छन् ।  

चलचित्रका गीतमा वर्षभरी नै लोकलय फ्लेबरमा राजनराज शिवाकोटीका गीत लोकप्रिय भए ।  सेन्टिमेन्टलतर्फ अर्जुन पोखरेलका गीत तथा संगीत रुचाइयो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC