site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आन्द्रेको उत्कृष्ट ब्याटिङमा कोलकता विजयी, बैंग्लोर ५ विकेटले पराजित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आन्द्रे रसेलको उत्कृष्ट ब्याटिङमा १२ औं संस्करणको इण्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्स विजयी भएको छ । 

शुक्रबार राति बैंग्लोरको घरेलु मैदानमा टस जितेर फिलेडिङ रोजेको कोलकताले रोयल च्यालेन्जर्स बैंग्लरलाई ५ विकेटले पराजित गरेको हो । 

कप्तान बिराट कोहली र एबी डी भिलियर्सको अर्धशतकमा बैंग्लोरले कोलकत्तालाई २ सय ६ रनको लक्ष्य दिएको थियो  । कोलकताले १९ ओभर १ बलमा  ५ विकेटको क्षतिमा उक्त लक्ष्य भेटाउन सफल भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

कोलकतालका जितका लागि आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरे । १३ बल खेलेका रसेलले ७ छक्का र १ चौकाको मद्दतमा सर्वाधिक ४८ रनको योगदान गरे । क्रिश लिनले ३१ बलमा ४ चौका र २ छक्काको मद्दतले ४३ रन बनाए भने नितिश रानाले ३७, रोविन उथप्पाले ३३, दिनेश कार्तिकले १९, सुनल नारइने १० र  शुभमन गिलले ३ रन बनाए । 

बैंग्लोरका लागि पवन नेगी र नवदीप सैनीले समान २-२ विकेट लिए भने युजभेन्द्र चाहले १ विकेट लिए । 

Global Ime bank

यसअघि बैंग्लोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ५ रन जोडेको थियो । बैंग्लरका लागि ४९ बलको सामना गरेका कप्तान कोहलीले ९ चौका र २ छक्काको मदतमा ८४ रन बनाएका थिए । 

३२ बल खेलेका एबी डी भिलियर्सले ५ चौका र ४ छक्का प्रहार गर्दै  ६३ रन बनाएका थिए । पार्थिब पटेलले २५ रन बनाए । मार्कुस स्टोनिसले अबिजित २८ रन बनाए । 

कोलकत्ताका  लागि नितेश राना ,कुलदिप यादब र सुनिलले १–१ विकेट लिएका थिए । 

निरन्तर चार खेल हारेरे अंक तालिकाको पुछारमा रहेको बैंग्लोरले पाँचौ खेलमा पनि जित फर्काउन सकेन । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  ००:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC