site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकाका पूर्वउपराष्ट्रपति बाइडेनमाथि यौन दुर्व्यवहारका चार आरोप
Sarbottam CementSarbottam Cement

वाशिङटन । अमेरिकाका पूर्वउपराष्ट्रपति जोइ बाइडेनलाई अहिलेसम्म चार जना महिलाले आफूहरुलाई अवाञ्छित ढंगले छोएको आरोप लगाएका छन् । 

उनी सन् २०२० को लागि डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उमेदवार बन्ने चर्चा चलिरहेका बेलामा यसरी विवादमा आएका हुन् ।  न्यूयोर्क टाइम्सले प्रकाशित गरेको पछिल्लो समाचारअनुसार सन् २०१२ मा भएको एउटा घटनामा लेखक डीजे हिलको काँधमा पूर्वउपराष्ट्रपति बाइडेनले हात राखेको आरोप लगाइएको छ । त्यसपछि उनले तल्लो भागमा हात सारेको आरोप लगाइएको छ । मिनेपोलिजमा भएको सो घटनामा खासमा लेखक र उनका पति बाइडेनसँग फोटो खिचाउन जाँदा यस्तो घटना भएको हो । आफूले त्यतिबेला धेरै नै असहज महसुस गरेको उनले जनाएकी छन् । यसो गरेको प्रसंग आफ्ना पतिले पनि देखेको र उनले ठट्टा गर्ने गरेको हिलले जनाएकी छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अर्को आरोप कलेजकी एकजना पूर्वविद्यार्थीले लगाएकी छन् ।  केटलिन करुसो नामकी २२ वर्षीया ती युवतीले जनाएअनुसार कलेजमा एउटा कार्यक्रममा भाग लिन आएको बेलामा बाइडेनले उनको  तिघ्रामा हात राखेका थिए ।  लस भेगासको नेभाडा विश्वविद्यालयमा त्यो घटना भएको उनको दाबी छ । उनी सो समयमा १९ वर्षको भएको उनले जनाएकी छन् । 

उपराष्ट्रपति जस्तो मान्छेले त्यसो गर्लान् भनेर आफूले नसोचेको उनले बताएकी छन् । 

Global Ime bank

गएको सोमबार अमी लापोस नामकी पूर्वसहयोगीले बाइडेनले सन् २००९ मा दुवै हातले आफ्नो अनुहारमा छोएको र नाक रगडेको आरोप लगाएकी थिइन् । गएको हप्ता नेभाडाका राजनीतिज्ञ लुसी फ्लोरेजले सन् २०१४ को चुनावी अभियानका क्रममा बाइडेनले आफ्नो काँधमा समातेर कपाल सुँघ्नुका साथै उनको टाउकोको पछाडिको भागमा चुम्बन गरेको आरोप लगाएको फक्स न्युजले जनाएको छ ।

बाइडेनले भने सबै आरोपहरुको खण्डन गर्दै आएका छन् । उनी बाराक ओबामाको राष्ट्रपतिको कार्यकालमा सन् २००९ देखि २०१७ सम्म अमेरिकाको उपराष्ट्रपति रहेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  ०८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC