site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
आँधीबेहरी पीडित एसईई परीक्षार्थीलाई  मर्का नपार ! 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

लगातार दुई दिन प्रश्नपत्र बाहिरिएपछि प्रदेश नम्बर २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) का बाँकी  विषयका परीक्षा स्थगित गरियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेतले प्रश्नपत्र बाहिरिएको घटनाको छानबिन गरिरहेको बताइएको छ । आशा गरौँ, अपराधी पत्ता लाग्नेछन् र तिनीहरूमाथि कानुनबमोजिम कारबाही हनेछ । स्थगित गरिएका विषयको परीक्षाको समय तालिकासमेत प्रकाशित भइसकेको छ । परन्तु, सरकारी अधिकारीहरूको लापरबाही र बदमासीका कारण एसईई परीक्षा दिने प्रदेश २ का हजारौं विद्यार्थीले पाएको सास्ती र मानसिक तनाबको भने कहिल्यै क्षतिपूर्ति हुनेछैन । त्यसमाथि शनिबारको आँधीबेहरीले बारा र पर्सामा मच्चाएको ताण्डवबाट पीडित परीक्षार्थीलाई थप अप्ठेरो परेको छ । तर, परीक्षा लिनेहरूले यिनको समस्यामा ध्यान दिने सम्भावना भने निकै कम छ ।

प्रश्नपत्र कसरी बाहिरियो र प्रदेश नम्बर २ मै किन बाहिरियो भन्ने सम्बन्धमा गम्भीर छानबिन हुनु आवश्यक छ । यसपटक एसईई परीक्षामा प्रदेशगत प्रश्नपत्र बनाइएकोे थियो । राष्ट्रिय परीक्षा बोर्डले लिने एसईई परीक्षा विगतमा जस्तो विद्यालयस्तरको अन्तिम परीक्षा भने होइन । अहिले कक्षा १२ सम्मको शिक्षालाई विद्यालयस्तरको मानिने हुनाले एसईईको महत्त्व पहिलेजस्तो छैन । तैपनि, एसईईमा राम्रो अंक ल्याउनका लागि परीक्षार्थीमात्र हैन अभिभावकसमेत जस्तोसुकै उपाय अपनाउन पनि हिचकिचाउँदैनन् । यसैले प्रश्नपत्र बाहिरिएको घटनालाई सामान्यरूपमा मात्र लिनु हुँदैन । राम्ररी छानबिन गरेर दोषीलाई कानुनबमोजिम कडा कारबाही गरेर अर्को वर्षदेखि यस्तो घटना नदोहोरिने सुनिश्चित गर्नुपर्छ । यहीपटक पनि पुनः प्रश्नपत्र बाहिरिनेलगायत अन्य अव्यवस्था भयो भने परीक्षाकै साखमा आँच आउनेछ ।

नयाँ परीक्षा तालिका निस्केपछि अरू परीक्षार्थी त तयारीमा पुनः लागे होलान् तर आँधीबेहरीबाट पीडित विद्यार्थीको भने बस्ने खाने ठाउँकै बेठेगान छ । तिनको पुस्तक पनि आँधीले उँडायो होला । मानसिकरूपमा पनि तिनीहरू तनावमा छन् । यस्तो अवस्थामा परीक्षा दिँदा स्वाभाविकरूपमा तिनले सामान्य अवस्थामा जसरी उत्तर लेख्न सक्नेछैनन् । यसैले आँधीबेहरी पीडित परीक्षार्थीको समस्यामा विशेष ध्यान दिनु आवश्यक छ । उनीहरूलाई त बस्ने, खानेका साथै पढ्ने व्यवस्था पनि मिलाउनुपर्छ । सहायता वितरण गर्नेहरूले एसईईका परीक्षार्थीलाई पुस्तक र अन्य शैक्षिक सामग्री पनि उपलब्ध गराउन बेस हुनेछ । परीक्षार्थीले कम्तीमा पनि परीक्षा अवधिमा बस्ने र खाने चिन्ता गर्नु नपर्ने सुनिश्चित गर्नुपर्छ । मानसिक तनावबाट मुक्त भएर परीक्षा दिन पाउने ती बालबालिकाकोे अधिकार चरितार्थ गराउनु राज्यको दायित्व पनि त हो ।   
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC