काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आइतबार राति बारा र पर्सा जिल्लामा आएको हावाहुरीमा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्धार कार्यमा लाग्न आफ्नो पार्टीका कार्यकर्तालाई निर्देशन दिएको छ । सो पार्टीले २७ जनाको अहिलेसम्म मृत्यु भइसकेको जनाउँदै नेपाल सरकार र प्रदेश २ सरकारसँग ५ सूत्रीय माग पनि अघि सारेको छ ।
जसअनुसार सुविधासम्पन्न ठाउँमा घाइतेहरुको अविलम्ब निःशुल्क उपचार हुनुपर्ने, घरबाट विस्थापितलाई तत्काल अस्थायी बसोबास (टेन्ट) र खानाको व्यवस्था गर्नुपर्ने, मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति दिनुपर्ने, घर पुनःनिर्माणका लागि प्रभावित हरेक परिवारलाई १५ लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने र किसानहरुको नस्ट भएको बालीको उपयुक्त क्षतिपूर्ति तथा बैंक ऋण मिनाहा गर्नुपर्ने माग सो पार्टीको रहेको जारी वक्तव्यमा उल्लेख छ ।