site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
हिन्दू किशोरीको विवाह प्रकरण नयाँ मोडमा, राजीखुसी धर्म बदलेर विवाह गरेको अदालतमा बयान
Sarbottam CementSarbottam Cement

इश्लामावाद । पाकिस्तानमा दुई हिन्दू किशोरीलाई अपहरण गरेर जबर्जस्ती धर्म परिवर्तन गराइएको भन्ने विषय नयाँ मोडमा पुगेको छ । यो घटनालाई लिएर पाकिस्तानका हिन्दू संगठनले सडकमा प्रदर्शन गर्नुका साथै दोषीमाथि कारवाहीको माग गरिरहेका छन् । तर त्यहाँको अदालतमा परेको मुद्दाको क्रममा सुनुवाई हुँदा दुवै किशोरीले स्वेच्छाले नै आफूहरुले धर्म परिवर्तन गरेको जनाएका छन् ।  

घटना पाकिस्तानको सिन्ध प्रान्तको हो । बालिकाका पिताको भनाइ छ कि उनका दुवै छोरी नाबालिग छन् । उनीहरुलाई जबर्जस्ती मुसलमान बनाएर विवाह गराइयो । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, किशोरीहरुले भने अदालतमा बयान दिने क्रममा आफूहरुले खुसीका साथ धर्म परिवर्तन गरेको बताएका छन् । उनीहरुले आफूहरुको उमेर २० र १८ वर्षको रहेको बताएका छन् । अदालतले दुवै किशोरीको बयान सुनेपछि उनीहरुलाई आवश्यक सुरक्षा दिन आदेश दिएको छ । त्यस्तै उनीहरुलाई इश्लामाबादबाट बाहिर जान नदिन पनि भनेको छ । अदालतले केही शक्ति पाकिस्तानको छवि खराब बनाउन लागिपरेको समेत जनाएको छ । 

अदालतले भनेको छ, ‘‘पाकिस्तानमा अल्पसंख्यकको अधिकार पूरै सुरक्षित छ ।’’ पाकिस्तानका प्रधानन्यायाधीश अतहर मिनअल्लाहले पाकिस्तानमा अन्य देशको तुलनामा अल्पसंख्यक समुदायको अधिकार राम्रो रहेको बताए ।

Global Ime bank

हालै सार्वजनिक गरिएको एक भिडियोमा भने दुवै किशोरी रोएको र निकाहपछि दुवैमाथि कुरपिट गरिएको समेत देखाइएको थियो । मिडियामा त्यसखालको खबर आएपछि भारतका विदेशमन्त्री सुष्मा स्वराजले पाकिस्तानमा रहेको आफ्नो देशको उच्चायोगसँग रिपोर्ट माग गरेकी थिइन् । यसलगत्तै पाकिस्तानका सूचना मन्त्री फब्बाद चौधरीले त्यसलाई पाकिस्तानको आन्तरिक मामिला भन्दै अल्पसंख्यक समुदायलाई अप्ठेरोमा पार्ने यो नरेन्द्र मोदीको भारत नभएको जवाफ दिएका थिए । 
(बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC