site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई हिन्दु युवतीको अपहरण र धर्म परिवर्तनः भारत–पाक जुहारी

बीबीसी । पाकिस्तानमा दुई हिन्दु युवतीहरुको अपहरण गरेर बिहे गरिएको तथा जवरजस्ती धर्म परिवर्तन गराइएको खबरहरुलाई लिएर भारतीय विदेशमन्त्री सुषमा स्वराजले जब ट्वीट गरिन्, त्यसैबेला पाकिस्तानका तर्फबाट नसिहतसहितको जवाफ पाइन् । स्वराजले ट्वीटरमा लेखेकी छिन्, ‘मैले पाकिस्तानमा भारतीय उच्चायुक्तसँग यस विषयमा एउटा रिपोर्ट पठाउन भनेकी छु ।’

यसै विषयलाई लिएर पाकिस्ताका सूचनामन्त्री चौधरी फवाद हुसैनले भारतकी विदेशमन्त्री स्वराजलाई लेखे, ‘यो पाकिस्तानको आन्तरिक मामिला हो र हाम्रा लागि अल्पसंख्यक पनि उत्तिकै अमूल्य छन् ।’

फवादले ट्वीटरमा स्वराजलाई जवाफ दिँदै लेखे, ‘यो पाकिस्तानको आन्तरिक मामिला हो र म तपाईलाई आश्वस्त गर्न चाहन्छु, यो मोदीको इन्डिया होइन, जहाँ अल्पसंख्यकहरुलाई ‘तवाह’ गर्ने गरिन्छ । यो इमरान खानको नयाँ पाकिस्तान हो जहाँ हाम्रो झण्डाको सेतो रंग पनि उत्तिकै मूल्यवान छ । आशा गर्दछु जब त्यहाँ अल्पसंख्यकहरुको अधिकारको कुरा आउनेछ, तपाईले त्यतिकै तत्परताका साथ कारवाही गर्नुुहुनेछ ।’

KFC Island Ad
Dabur Nepal
NIC Asia

पाकिस्तानमा दुई हिन्दु युवतीहरुलाई कथित रुपमा अपहरण गरेर जबरजस्ती धर्म परिवर्तन गराईएको विरोधमा हिन्दु समुदायले विहीबार धर्ना र प्रदर्शन गरेका थिए । यो घटना सिन्ध प्रान्तको घोटकी जिल्लाको दहार तालुकामा होलीको दिन भएको थियो ।

अनुसूचित जातिका हिन्दु नेताहरुले आरोप लगाएका छन्– दुई नाबालिक दिदीबहिनीहरुलाई होलीको दिन कोहबर र मलिक जनजातिका मानिसले अपहरण गरे ।

यस घटनापछि सामाजिक सञ्जालमा एउटा भिडियो पनि भाइरल भयो, जसमा दुई युवतीहरुले इस्लाम अपनाएको दावा गर्दै भन्दै थिए ‘हामीले आफ्नै खुशीले इस्लाम स्वीकारेका हौं’ ।
यस विषयमा भारतको सुप्रिम कोर्टका पूर्व जज मार्कण्डेय काटजूले ट्वीट गरेर यो अपहरणका विषयमा आफ्नो प्रतिक्रिया दिए । उनले आफ्नो ट्वीटमा यस घटनालाई लाजमर्दो भन्दै प्रधानमन्त्री इमरानसँग सोधे, ‘नयाँ पाकिस्तान कहाँ छ ?’

काटजूलाई पनि पाकिस्तानका सूचनामन्त्री चौधरी फवाद हुसैनले जवाफ फर्काए, ‘हामी पाकिस्तानलाई मोदीको भारत बन्न दिन्नौ । जहाँ अल्पसंख्यकहरुको अधिकारको कुरा पनि हास्यास्पद बन्छ ।’

सूचनामन्त्रीले लेखेका छन् ‘मानवाधिकार मन्त्रालयले यसमा संज्ञान लिएको छ र जाँचका लागि भनिएको छ । बाँकी म तपाईलाई आश्वस्त पार्छु, म यसलाई मोदीको भारत बन्न दिन्न जहाँ अल्पसंख्यकहरुको अधिकार मजाक बन्ने गरेको छ ।’

मिडियामा के छ खबर ?
पाकिस्तानको अखवार ‘द एक्सप्रेस ट्रिब्युन’का अनुसार हिन्दु नेता शिव मुखी मेघवारले भनेका छन्, ‘यो उनीहरुकोे इच्छा होइन, खासमा युवतीहरुको अपहरण भएको हो र जबरजस्ती धर्म परिवर्तन गराइएको हो ।’

भारतीय अंगे्रजी पत्रिका ‘टाइम्स अफ इंडिया’लाई पाकिस्तान हिन्दु सेवा वेलफेयर ट्रष्टका अध्यक्ष संजेश धनजाले कराचीबाट फोनमा बताए, ‘दुई दिदीबहिनी रिना र रविनाको अपहरण गरिएपछि बिहे गरेर जबरजस्ती तिनको धर्म परिवर्तन गराइयो ।’

\\मानवअधिकार कार्यकर्ता जिबरान नासिरले ट्वीटरमा यस मुद्दासँग जोडिएका दुबै दिदीबहिनीका पिताको एक भिडियो साझा गर्दै लेखेका छन् ‘दुबै दिदी बहिनी हुन् । रिना १४ वर्षकी र रविना १६ वर्षकी ।’

यस भिडियोमा एक पाका व्यक्तिले आफैंलाई थप्पड हिर्काउँदै माग गरिरहेको देखिन्छन्, ‘या त मेरी छोरीहरुलाई सुरक्षित फर्काईदेउ या मलाई गोली हानेर मारिदेउ ।’
नासिर लेख्छन्, ‘यो थप्पड यी पाका व्यक्तिले आफ्नो गालामा हिर्काएका हैनन् । सारा समाजको अनुहारमा हिर्काएका हुन् ।’

खबर अनुसार यस विषयलाई लिएर पाकिस्तानीे कानुनअनुसार दहारकी पुलीस स्टेसनमा रिपोर्ट सलमान दास र हरि दास मेघबारका बयानका आधारमा दर्ता गरिसकिएको छ ।

मामिला के हो ?
पाकिस्तानी अखबार ‘द एक्सप्रेस ट्रिब्युन’ले यस घटनाको एफआइआरका विषयमा विस्तारपूर्वक जानकारी दिइएको छ । प्राथमिकरुपमा दर्ता गरिएको गुनासा अनुसार केही दिनअघि उनीहरुको बरकत मलिक र हुजुर अली कोहबरका साथमा केही भनाभन भएको थियो । दुबै तिनका घर अगाडि उभिएका हुन्थे । जब तिनलाई त्यहाँबाट जानका लागि भनियो, त्यसपछि उनीहरु रिसाएका थिए ।

दास दावी गर्छन् उनीहरु आफ्नो परिवारका साथ घर हााफिज सुलेमानमा थिए । त्यसैबेला पेस्तोलसहित छ जना व्यक्ति घरमा छिरे । त्यसमध्ये तीन जनालाई दासले चिने । ति सफदर अली, बरकत मलिक र अहमद शाह थिए । बाँकीका तीनलाई तिनले चिनेका थिएनन् । 

आफ्नो गुनासोमा तिनले उल्लेख गरेका छन्, यि छ जनाले उनको परिवारलाई बन्दुकको नालमा राखेर बन्धक बनाएका थिए । सफदर अलीले उनकी दुबै बहिनीलाई समातेर घिसार्दै घर बाहिर लगेका थिए । 

यसैबीच अहमद शाह र उनका तीन अपरिचित साथीहरुले दराजहरु खोल्दै गहनाहरु खोजी गरेका थिए ।  रिपोर्टका अनुसार अभियुक्तहरुले चार तोला सुन र ७५ हजार रुपैया नगद पनि लगेका छन् ।

जतिबेला घटना हुँदै थियो त्यसै समयमा परिवारले हो हल्ला पनि गरे । जसका कारण छिमेकमै रहेका तिनका काकाका छोरा रमेश मेघवारले के भयो भनेर बुझ्ने प्रयास गरे । 
जब उनी दासको घरमा पुगे तिनले अभियुक्त र तिनका तीनै साथीहरुलाई चिने ।

तर अभियुक्तहरुले तिनलाई आफ्नो पछाडि नलाग्न धम्की दिँदै मार्नसक्ने चेतावनी पनि दिए । दासका अनुसार अली बरकत अली र अहमद शाहले आफ्नो सेतो रंगको टोयोटा कोरोलामा उनकी दुबै बहिनीहरुको अपहरण गरेर लगेका थिए भने तीन अपरिचित व्यक्ति आफ्नो बाइकमा गएका थिए ।

यस घटनापछि पाकिस्तान मुस्लिम लीग–एफका प्रान्तिय विधानसभाका सदस्य नन्दकुमार गोखलानीले जबरजस्ती धर्म परिवर्तनका विरुद्ध ल्याइएको विधेयकलाई छिटोभन्दा छिटो कानुन बनाई पास गर्न आग्रह गरेका छन् । उनले यसका लागि कुनै पनि बिलम्ब नगरियोस् भन्ने माग पनि गरेका छन् । 

के भन्छ प्रहरी ?
यसैबीच घोटकीका एसएसपीले सिन्ध पुलीसका प्रमुख आईजीपी कलीम इमामलाई आफ्नो रिपोर्ट बुझाएका छन् । रिपोर्टमा भनिएको छ, ‘दुबै युवतीहरुले आफ्नो रेकर्डेड भिडियो बयानमा भनेका छन्, न त तिनलाई कसैले अपहरण नै गरेका हुन् । न त तिनलाई बन्धक बनाइएको हो ।’

एसएसपीले दुबै दिदीबहिनीहरुको भिडियो अनुसार दुबैले आफूखुशीले इस्लाम स्वीकार गरेको बताएका छन् । उता डीएसपी इजहार लाहौरी भन्छन्, तिनले यस विषयमा एक अभियुक्तलाई गिरफ्तार पनि गरे र पुलीस अरु अभियुक्तहरुलाई पनि समात्नका लागि तिनको खोजी गरिरहेका छन् । तिनले समुदायका व्यक्तिहरुलाई आस्वासन दिए कि २४ घण्टाभित्र ति युवतीहरुलाई फिर्ता ल्याइने छ ।

के भन्छन् मानवअधिकारकर्मी ?
पाकिस्तानको अंग्रेजी दैनिक ‘डान’मा एक स्थानीय मानवअधिकार कार्यकर्ताका अनुुसार पाकिस्तानमा सिन्ध प्रान्तको उमरकोट जिल्लामा जबरजस्ती धर्म परिवर्तनको करिब २५ घटनाहरु हरेक महिना हुँदै आएको बताइएको छ । यो इलाका एकदमै पिछडिएको र यहाँ रहने अल्पसंख्यक अनुसूचित जातिका छन् । जबरजस्ती धर्म परिवर्तनको तिनको गुनासो माथि पुलीसले कुनै कारवाही गर्दैनन् । यस विषयमा यहाँका मानिसहरु जानकार छन । त्यसैले उनीहरु आफैं हल्ला मच्चाउछन पुलीसमा गुनासो नै कम आउँछ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro