site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानमा बसमा आतंकवादी हमला, चारजना मारिए

काठमाडौं । पाकिस्तानको बलुचिस्तानमा एउटा बसमा भएको आतंकवादी हमलामा चारजना मारिएका छन् । अन्य ३२ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था चिन्ताजनक छ ।

शनिबार प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मी (बीएलए)का लडाकुहरूले पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानको तुर्बात सहरमा एउटा बसमा विस्फोट गराएका हुन् ।

आक्रमणमा एसएसपी दर्जाका वरिष्ठ प्रहरी अधिकृत र उनको परिवार पनि घाइते भएका छन् । विद्रोहीले एसएसपीलाई निशाना बनाउने उद्देश्यले बसमा आक्रमण गरेको प्रहरीको आशंका छ ।

यसअघि, गत महिना पनि बलुचिस्तानमा बम विष्फोट भएको थियो । जसमा दुई जनाको मृत्यु भएको थियो ।

हिन्दुस्तान टाइम्सबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro