site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्न लागेको सरकारमा सहभागीताका लागि नेपाली कांग्रेसमा पनि दौडधुप सुरू भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधी, खुमबहादुर खड्का, कृष्ण सिटौला लगायतका नेताहरूलाई अहिले मन्त्रीका आकांक्षीहरूले भेट तीव्र पारेका छन् ।
तर कांग्रेसले कसको नेतृत्वमा सरकारमा पठाउने भन्ने बारेमा निर्णय गरिसकेको छैन ।
कांग्रेसले कृष्ण सिटौला, विमलेन्द्र निधी, अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ, शेखर कोइराला मध्येबाट सरकारमा पार्टीको नेतृत्व गर्दै पठाउने तयारी गरेको स्रोतले दाबी गरेको छ ।
सिटौलाले उपप्रधान र गृहसहित सरकारमा सहभागी हुने इच्छा देखाएको कांग्रेस स्रोतले बतायो ।
केसीले आफू महामन्त्रीमा पनि पराजित भएको र पार्टीमा कुनै भूमिका नपाएको भन्दै सरकारमा सहभागिता खोजेका छन् । तर, निधीले यसपटक मधेसको समस्या समाधानको जस लिन पनि कसैलाई छाड्ने पक्षमा नरहेको स्रोतको दाबी छ ।
“धेरै नेताले सरकारमा पार्टीको नेतृत्व गरेर जान पाए हुन्थ्यो भन्ने आसय व्यक्त गर्नुभएको छ, तर निधीकै सम्भावना बढी देखिन्छ,”कांग्रेसका एक नेताले भने ।
निधीले नेतृत्व गरे पनि शेखर कोइरालालाई राम्रो मन्त्रालय लिएर पठाउनुपर्ने पौडेल पक्षधरको तयारी छ । कोषाध्यक्ष सितादेवी यादवको नाम चर्चामा आए पनि पार्टीमा वरिष्ठताको आधार हेरेर रोक्न खोजिएको कांग्रेसका एक नेताले बताए ।
उनका अनुसार पौडेलले शेखर कोइराला, जीवन परियार, बलबहादुर केसी, बद्री पाण्डे, कमला पन्त, आनन्द ढुंगाना, यज्ञ थापा, अर्जुन जोशी, सुरेन्द्र आचार्य, दिपक गिरी, सरिता प्रसाईं लगायतका नेताहरू मध्येबाट सरकारमा पठाउनुपर्ने बताउँदै आएका छन् ।
पौडेलले ३ नम्बर प्रदेशबाट नविन्द्र राज जोशीलाई सरकारमा पठाउनुपर्ने बताए पनि प्रकाशमान सिंहले प्रचण्डलाई नै चुनाव हराएका राजेन्द्र केसीलाई सरकारमा पठाउनुपर्ने जिकिर गर्दै आएका छन् ।
सिटौलाले आफू नभए गगन थापालाई राम्रो मन्त्रालय दिनुपर्ने अडानमा रहेको स्रोतले जानकारी दियो । 
सभापति देउवाले निधी बाहेक रमेश लेखक, बालकृष्ण खाँण, प्रकाशशरण महत, चित्रलेखा यादव, रामहरी खतिवडा, महेन्द्र यादव, राजीव विक्रम शाह, जीवनबहादुर शाही लगायतका नेताहरूका बारेमा छलफल थालेको देउवा निकट स्रोतले बतायो ।
शाहलाई केन्द्रीय सदस्यको उमेदबारबाट फिर्ता बोलाएकाले मन्त्री बनाउनुपर्ने दवाव बढेको स्रोतले बतायो ।
त्यसैगरी खुमबहादुर खड्काले मोहनबहादुर बस्नेत र शंकर भण्डारी मध्येबाट सरकारमा सहभागी गराउने कसरत गरेको देउवा निकट नेताले बताए ।
 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ११, २०७३  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC