site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अंगिकृत नागरिकता व्यवस्थाका लागि नौ सदस्यीय उपसमिति गठन गरेको छ ।
 
समितिको बिहीबार बसेको बैठकले समितिमा रहेका सबै राजनीतिक दलका प्रतिनिधिसभा सदस्यबाट राष्ट्रिय सहमति जुटाएर अंगिकृत नागरिकतासम्बन्धी समस्या समाधान गर्ने सहमति जुटेको छ ।

समिति सभापति शशी श्रेष्ठले समितिले यो विषयमा छलफल गर्दा बढी समय लाग्ने र निष्कर्षमा पुग्न ढिला हुने बताउँदै नागरिकता ऐन बनाउनका लागि समितिमा रहेका सदस्यबाटै उपसमिति गठन गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उपसमिति सदस्यहरुमा नेकपाका विजय सुब्बा, यशोदा सुवेदी, नवराज सिलवाल, लक्ष्मी चौधरी, नेपाली कांग्रेसका मीना पाण्डे, देवेन्द्रराज कँडेल, संघीय समाजवादी फोरमका रामसहायप्रसाद यादव, राजपाका राजकिशोर यादव, नेमकिपाका प्रेम सुवाल रहेका छन् । 

मूल ऐनको दफा ५ मा अङ्गिकृत नागरिकता सम्बन्धी व्यवस्था छ । हाल संशोधन विधेयकको दफा ४ मा अङ्गिकृत नागरिकता सम्बन्धी व्यवस्थाका लागि समितिले छलफल गरेको हो ।

Global Ime bank

समिति सभापति श्रेष्ठले उपसमिति सदस्यहरुलाई यस विषयमा छलफल गरी निष्कर्ष निकाल्न २ हप्ताको समय दिएकी छन् । 

“आजैबाट यस विषयमा छलफल गर्न सुरु गर्नूस्, २ हप्तामा तापईंहरुले निष्कर्ष निकाल्नूस्,” सभापति श्रेष्ठले भनिन्, “अंगिकृत नागरिकता वितरणमा ९९ प्रतिशत सहमति जुटिसकेको छ । अहिले दण्ड र सजाय महलमा केही सहमति जुट्न नसकिरहेको अवस्था छ । उपसमितिको छलफलको निष्कर्षले दण्ड र सजायको व्यवस्था पनि स्पष्ट हुने छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC